मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् जिब्रो छेड्ने जात्रा
जात्रा

तस्बिरमा हेर्नुहोस् जिब्रो छेड्ने जात्रा

आइतबार, ०२ वैशाख २०८१

काठमाडौँ । भक्तपुरको बोडेमा हरेक वर्ष मनाइने ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष २८ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका छन् ।

jibro chedne jatra (19)

संस्कृति बचाउनका लागि युवाहरू नै अग्रसर हुन पर्छ भन्ने सन्देश दिन हरेक वर्ष जिब्रो छेडाउन युवाहरू तयार हुने गरेका छन् । नवौँ पटक जिब्रो छेडेका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठको कान्छो छोरा सुजनले गएको वर्ष पनि जिब्रो छेडाएका थिए ।

jibro chedne jatra (10)

जिब्रो छेड्ने व्यक्तिले तीन दिन अघिदेखि नै केही नखाई व्रत बस्नुपर्ने नियम छ । त्यसो नगरेमा जिब्रो छेड्दा दुख्ने, रगत आउने र बिध्नबाधा आउने जनविश्वास छ ।

jibro chedne jatra (16)

मध्यपुर ठिमी वडा नम्बर २ मा रहेको गणेशको मन्दिर अगाडि गरेको पाटीमा नकर्मी नाइकेले एक फिट लामो फलामको सुइरोले जिब्रो छेडिदिने चलन छ ।

jibro chedne jatra (12)

त्यसपछि जिब्रो छेड्ने व्यक्तिले अर्धचन्द्राकारको महादीप बोकेर बोडेको महालक्ष्मी लगायत विभिन्न शक्ति पीठमा परिक्रमा गर्दछन् । परिक्रमा गरिसकेपछि मात्र जिब्रोमा छेडिएको सुइरो निकालिने चलन छ ।

jibro chedne jatra (1)jibro chedne jatra (2)jibro chedne jatra (3)jibro chedne jatra (4)jibro chedne jatra (5)jibro chedne jatra (6)jibro chedne jatra (7)jibro chedne jatra (8)jibro chedne jatra (9)jibro chedne jatra (11)jibro chedne jatra (13)jibro chedne jatra (14)jibro chedne jatra (15)jibro chedne jatra (17)jibro chedne jatra (18)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया