कब्जामा रहेका १७ भारतीयलाई रिहा गर्न इरानलाई विदेशमन्त्री जयशंकरको आग्रह
नयाँ दिल्ली । भारतीय विदेशमन्त्री एस जयशंकरले इरानका विदेशमन्त्री आमिर अब्दुल्लाहियानसँग फोनमा कुराकानी गरेका छन् । जयशंकरले माइक्रो ब्लगिङ वेबसाइट एक्समा यस्तो बताएका हुन् ।
कुराकानीका क्रममा उनले इरानको कब्जामा रहेको मालवाहक जहाज एमएससी एरिजमा सवार चालक दलका १७ भारतीय सदस्यहरूलाई रिहा गर्न माग गरेको बताए । वार्तामा जयशंकरले मध्य पूर्व क्षेत्रको पछिल्लो अवस्था, बढ्दो तनाव आदिबारे कुराकानी गर्दै धैर्य अपनाउन र कूटनीतिक माध्यमबाट तनाव कम गर्नेबारे चर्चा गरेका थिए ।
इरानले शनिबार एक इजरायली अर्बपति व्यापारीको मालवाहक जहाज कब्जा गरेको थियो । यसको चालक दलमा १७ जना भारतीयहरू पनि थिए । पछिल्लो समय इजरायल र इरानबिच तनाव बढेको छ । अप्रिल १ मा सिरियामा रहेको दूतावासमा इजरायलले हमला गरेपछि सोको प्रतिकारमा इरानले इजरायलमाथि शनिबार बृहत् स्तरमा ड्रोन र मिसाइल प्रहार गरेको थियो ।
दुई पक्षबिच तनाव बल्झिरहँदा सम्पूर्ण मध्यपूर्व क्षेत्र खतरामा पारेको छ । भारतको इजरायल र इरान दुवै देशसँग घनिष्ठ सम्बन्ध छ । भारतले दुवै देशलाई संयम अपनाउन आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण