बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानको बलूचिस्तानमा ११ जनाको हत्या

सोमबार, ०३ वैशाख २०८१, १३ : ४१
सोमबार, ०३ वैशाख २०८१

बलूचिस्तान । पाकिस्तानको बलूचिस्तान प्रान्तमा आतंकवादी हमलामा ११ जनाको मृत्यु भएको छ । मर्नेमध्ये ९ जना बस यात्री भएको बताइएको छ । 

न्यूज एजेन्सीका अनुसार बलूच आतंकवादीले यो हमलाको जिम्मेवारी लिएको छ । गुडिरहेको बसबाट बन्दुकधारीहरुले यात्रीलाई जर्बजस्ती उतारेर अपहरण गरेका थिए । पछि ती यात्रीको हत्या गरेर शवलाई पुलमुनि फ्याकिएको अवस्थामा भेटिएको थियो ।

अर्को छुट्टै घटनामा सोही सडकमा अन्य दुई जनाको हत्या भएको थियो । डनमा छापिएको खबरका अनुसार हत्याको जिम्मेवारी प्रतिबन्धित सशस्त्र समूह बलूचिस्तान लिबरेशन आर्मीले लिएको छ । 

यो समूहले यस अघि पनि बलूचिस्तान प्रान्तको माच सहर, ग्वादर बन्दरगाह र तूरबतमा बृहत स्तरमा आतंकवादी हमला गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप