पाकिस्तानको बलूचिस्तानमा ११ जनाको हत्या
सोमबार, ०३ वैशाख २०८१, १३ : ४१
बलूचिस्तान । पाकिस्तानको बलूचिस्तान प्रान्तमा आतंकवादी हमलामा ११ जनाको मृत्यु भएको छ । मर्नेमध्ये ९ जना बस यात्री भएको बताइएको छ ।
न्यूज एजेन्सीका अनुसार बलूच आतंकवादीले यो हमलाको जिम्मेवारी लिएको छ । गुडिरहेको बसबाट बन्दुकधारीहरुले यात्रीलाई जर्बजस्ती उतारेर अपहरण गरेका थिए । पछि ती यात्रीको हत्या गरेर शवलाई पुलमुनि फ्याकिएको अवस्थामा भेटिएको थियो ।
अर्को छुट्टै घटनामा सोही सडकमा अन्य दुई जनाको हत्या भएको थियो । डनमा छापिएको खबरका अनुसार हत्याको जिम्मेवारी प्रतिबन्धित सशस्त्र समूह बलूचिस्तान लिबरेशन आर्मीले लिएको छ ।
यो समूहले यस अघि पनि बलूचिस्तान प्रान्तको माच सहर, ग्वादर बन्दरगाह र तूरबतमा बृहत स्तरमा आतंकवादी हमला गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण