विभिन्न स्थानमा ६ जना मृत फेला
काठमाडौँ । देशभरका विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला परेका छन् । जाजरकोटको भेरी नगरपालिका-१२ बारेलास्थित भेरी नदीमा शिवालय गाउँपालिका-३ घर भई रूकुम पश्चिम चौरजहारी नगरपालिका-३ स्थित टाटागाउँ बस्ने २५ वर्षीय कमल बुढा आइतबार मृत अवस्थामा फेला परेका छन् । बिहीबार नदीमा नुहाउने क्रममा बगी बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।
यता भोजपुरको आमचौक गाउँपालिका-१ गैरीगाउँ उत्तिस बारीमा सोही ठाउँ बस्ने ४८ वर्षीय डिक बहादुर कार्की आइतबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी रौतहटको गुजरा नगरपालिका-५ हरिहरपुर टोल बस्ने ८२ वर्षीय रामशरण दास तत्मा आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
उता बर्दियाको बारबर्दिया नगरपालिका-७ सिउनिया बस्ने ६५ वर्षीय राजाराम चौधरी सोही ठाउँस्थित सुख्खा खटैला कुलोमा आइतबार मृत अवस्थामा फेला परेका छन् । सिरहाको लहान नगरपालिका-१३ गणेशपुर बस्ने ६६ वर्षीया सबुरबत्ती चौधरी सोही ठाउँस्थित आँप बँगैचामा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस्तै पाल्पाको रामपुर नगरपालिका-८ धारापानी बस्ने ५७ वर्षीय लाल बहादुर श्रेष्ठ सोही नगरपालिका-५ रामघाटस्थित कालिगण्डकी नदीमा आइतबार मृत अवस्थामा फेला परेका छन् । शुक्रबार घरबाट हिँडेका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण