बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

टी–२० अन्तर्राष्ट्रियमा आसिफ शेखको हजार रन

सोमबार, ०३ वैशाख २०८१, १४ : ५७
सोमबार, ०३ वैशाख २०८१

काठमाडौँ । नेपाली ब्याट्सम्यान आसिफ शेखले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पुरा गरेका छन् । उनले ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सोमबार भएको हङ्कङविरुद्धको खेलमा एक हजार रनको कोशे ढुंगा पार गरेका हुन् । 

यसअघि उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ४० खेल खेल्दै कुल नौ सय ६८ रन बनाएका थिए । सोमबार हङ्कङविरुद्धको खेलमा उनी ३७ रन बनाउँदै क्रिजमा छन् । सोमबारको खेलअघि उनलाई हजार रन पुरा गर्न केवल ३२ रन आवश्यक थियो । 

२२ वर्षीय आसिफ शेखले टी–२० अन्तर्राष्ट्रियमा पाँचवटा अर्धशतक पनि प्रहार गरेका छन् । उनी सोमबारको खेलमा छैटौँ अर्धशतकतर्फ अघि बढिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप