टी–२० अन्तर्राष्ट्रियमा आसिफ शेखको हजार रन
सोमबार, ०३ वैशाख २०८१, १४ : ५७
काठमाडौँ । नेपाली ब्याट्सम्यान आसिफ शेखले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पुरा गरेका छन् । उनले ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सोमबार भएको हङ्कङविरुद्धको खेलमा एक हजार रनको कोशे ढुंगा पार गरेका हुन् ।
यसअघि उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ४० खेल खेल्दै कुल नौ सय ६८ रन बनाएका थिए । सोमबार हङ्कङविरुद्धको खेलमा उनी ३७ रन बनाउँदै क्रिजमा छन् । सोमबारको खेलअघि उनलाई हजार रन पुरा गर्न केवल ३२ रन आवश्यक थियो ।
२२ वर्षीय आसिफ शेखले टी–२० अन्तर्राष्ट्रियमा पाँचवटा अर्धशतक पनि प्रहार गरेका छन् । उनी सोमबारको खेलमा छैटौँ अर्धशतकतर्फ अघि बढिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण