मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

तीन दिन गड्डाचौकी नाका बन्द हुने

सोमबार, ०३ वैशाख २०८१, २२ : २९
सोमबार, ०३ वैशाख २०८१

महेन्द्रनगर । कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका तीन दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज एक सूचना जारी गरी भारतको उत्तराखण्ड प्रदेशसित जोडिएका गड्डाचौकी र ब्रह्मदेव नाका बन्द हुने जानकारी दिएको छ ।

“उत्तराखण्ड चम्पावत जिल्लासग जोडिए दुई नाका मङ्गलबार साँझ सवा पाँच बजेदेखि बन्द हुने भएको छ ।” कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले भने, “भारतमा लोकसभा निर्वाचन हुने भएकाले चम्पावत जिल्लाअन्तर्गत प्रथम चरणको मतदान हुने भएकाले नाका गरिँदै छ ।”

मङ्गलबार साँझ ५ः१५ बजेदेखि  मतदान समाप्ति हुँदासम्म नेपाल–भारत सीमा नाका पूर्ण बन्द हुनेछन् । “स्वास्थ्य सेवाबाहेक अन्य पूर्ण रुपमा बन्द रहनेछन् ।” उनले भने, “त्यसका लागि भारतको चम्पावतमा रहेको मजिष्टेटले प्रशासन कार्यालयलाई पत्राचार गरेको छ ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप