चौथो पटक विश्वासको मत लिँदै मधेसका मुख्यमन्त्री यादव
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज पटक विश्वासको मत लिँदै छन् । प्रदेशसभाको दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
गतवर्ष भएको आमनिर्वाचनपछि जनता समाजवादी पार्टीबाट मुख्यमन्त्री बनेका यादव नै निरन्तर मुख्यमन्त्री छन् । तर, केन्द्रीय गठबन्धनमा हुने फेरबदलले यादवलाई पटक–पटक विश्वासको मत लिनुपर्ने परिस्थिति बनेको हो । पछिल्लो पटक गत फागुन २१ गते सङ्घमा गठबन्धनमा फेरबदल भएपछि चैत ५ गते कांग्रेस मधेसको सरकारबाट बाहिरिएको थियो ।
त्यसपछि नेकपा एमाले सरकारमा सहभागी भएको थियो । चैत ९ गते कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानबमोजिम यादवले मङ्गलवार विश्वासको मत लिन लागेका हुन् ।
१०७ सदस्यीय मधेस प्रदेश सभामा सबैभन्दा ठुलो दल एमालेका २५, कांग्रेसका २२, जसपाका १९ र जनमतका १३ सांसद छन् । त्यस्तै, लोसपाका ९, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७, नेपाल संघीय समाजवादी, नागरिक उन्मुक्ति र राष्ट्रिय प्रजातन्त्र पार्टीका १÷१ सांसद रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण