एर्भटनको पोस्टमा चेल्सीको आधा दर्जन गोल
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले एभर्टनमाथि शानदार जित दर्ता गरेको छ । सोमबार राति भएको खेलमा चेल्सीले एर्भटनको पोस्टमा आधा दर्जन गोल गरेको हो ।
चेल्सीलाई जिताउन कोल पालमरले ह्याट्रिकसहिच चार गोल गर्दा निकोलस ज्याकसन र एलिफ गिलक्रिस्टले समान एक– एक गोल थपेका थिए । १३ औँ मिनेटमा पालमसले ज्याकसनको पासमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाए ।
पालसमले १८ औँ र २९ औँ मिनेटमा शानदार गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । ज्याकसनले मार्क सेस्टाको पासमा गोल गरेपछि चेल्सीले पहिलो हाफमा ४–० को अग्रता बनायो । ६४ औँ मिनेटमा पेनाल्टीमार्फत पालमले व्यक्तिगत चौथो गोल गर्दा चेल्सी भने ५–० ले अघि बढेको थियो ।
९० औँ मिनेटमा गिलक्रिस्टले गोल गर्दै चेल्सीलाई ६–० को जित दिलाए । चेल्सीको जारी सिजनमा यो फराकिलो जित रहेको छ । जितपछि चेल्सी ३१ खेलबाट ४७ अंकका साथ तालिकाको नवौँ स्थानमा उक्लिएको छ भने एभर्टन ३२ खेलबाट २७ अंकका साथ १६ औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण