मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
सिड्नीमा छुरा प्रहार

आक्रमणकारीलाई रोक्न गएका फ्रान्सेली नागरिकलाई अस्ट्रेलियाले भिसा दिने

मङ्गलबार, ०४ वैशाख २०८१, १३ : १९
मङ्गलबार, ०४ वैशाख २०८१

सिड्नी । सिड्नीको एउटा व्यस्त सपिङ मलमा हालै भएको चक्कु प्रहारको घटनामा आक्रमणकारीलाई रोक्ने कोसिस गरेका फ्रान्सेली पुरुषलाई अस्ट्रेलियाले भिसा दिने वाचा गरेको छ । आक्रमणकारी जोएल काउशीलाई रोक्न गएका ड्यामिएन गुएरोतलाई ‘हिरो’को उपमा दिइएको छ । शनिबार सो घटना भइरहेको समयमा गुएरोतले हातमा भएको बोलार्ड लिएर आक्रमणकारीलाई रोक्न खोजेको फुटेज बाहिरिएको थियो ।

यस घटनामा चक्कु प्रहारबाट ६ जनाको मृत्यु भएको थियो भने अन्य १२ जना घाइते भएका थिए । घटनालगत्तै एक प्रहरी अधिकारीले आक्रमणकारीलाई गोली हानेर मारेकी थिइन् । गुएरोत निर्माण क्षेत्रमा काम गर्छन् । उनको भिसा एक महिनामा सकिँदैछ । 

प्रधानमन्त्री एन्थोनी अल्बानेजले भिसा नवीकरण प्रक्रियामा गुएरोतलाई कुनै समस्या नहोस् भन्ने सुनिश्चित गरिने बताएका छन् । उनले मंगलबार आयोजित पत्रकार सम्मेलनमा गुएरोत चाहे जति लामो समय अस्ट्रेलियामा बस्न सक्ने बताएका थिए ।

घटनाको समयमा गुएरोत हातमा बोलार्ड लिएर एस्कालेटरबाट माथितिर आइरहेका काउशीलाई तर्साउन खोजिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । यसपछि सन्दिग्ध तलतिर भागेका थिए । प्रहरीले काउशीले यो आक्रमण कसरी र किन गरे भन्नेबारे अनुसन्धान गरिरहेका छन् । 

घटनामा मृतक अधिकांश महिला भएपछि उनले निशाना नै महिलालाई बनाएको विश्लेषण आइरहेको छ । उनले किन यस्तो गरे भन्नेबारे पनि खोजी भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप