आक्रमणकारीलाई रोक्न गएका फ्रान्सेली नागरिकलाई अस्ट्रेलियाले भिसा दिने
सिड्नी । सिड्नीको एउटा व्यस्त सपिङ मलमा हालै भएको चक्कु प्रहारको घटनामा आक्रमणकारीलाई रोक्ने कोसिस गरेका फ्रान्सेली पुरुषलाई अस्ट्रेलियाले भिसा दिने वाचा गरेको छ । आक्रमणकारी जोएल काउशीलाई रोक्न गएका ड्यामिएन गुएरोतलाई ‘हिरो’को उपमा दिइएको छ । शनिबार सो घटना भइरहेको समयमा गुएरोतले हातमा भएको बोलार्ड लिएर आक्रमणकारीलाई रोक्न खोजेको फुटेज बाहिरिएको थियो ।
यस घटनामा चक्कु प्रहारबाट ६ जनाको मृत्यु भएको थियो भने अन्य १२ जना घाइते भएका थिए । घटनालगत्तै एक प्रहरी अधिकारीले आक्रमणकारीलाई गोली हानेर मारेकी थिइन् । गुएरोत निर्माण क्षेत्रमा काम गर्छन् । उनको भिसा एक महिनामा सकिँदैछ ।
प्रधानमन्त्री एन्थोनी अल्बानेजले भिसा नवीकरण प्रक्रियामा गुएरोतलाई कुनै समस्या नहोस् भन्ने सुनिश्चित गरिने बताएका छन् । उनले मंगलबार आयोजित पत्रकार सम्मेलनमा गुएरोत चाहे जति लामो समय अस्ट्रेलियामा बस्न सक्ने बताएका थिए ।
घटनाको समयमा गुएरोत हातमा बोलार्ड लिएर एस्कालेटरबाट माथितिर आइरहेका काउशीलाई तर्साउन खोजिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । यसपछि सन्दिग्ध तलतिर भागेका थिए । प्रहरीले काउशीले यो आक्रमण कसरी र किन गरे भन्नेबारे अनुसन्धान गरिरहेका छन् ।
घटनामा मृतक अधिकांश महिला भएपछि उनले निशाना नै महिलालाई बनाएको विश्लेषण आइरहेको छ । उनले किन यस्तो गरे भन्नेबारे पनि खोजी भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण