राजीनामा माग्दै नेविसंघले गृहमन्त्रीको पुत्ला जलायो
काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ । सहकारी ठगी प्रकरणमा उनको नाम जोडिएको भन्दै नेविसंघले उनको राजीनामा माग गरेको हो ।
उनको राजीनामा माग गर्दै नेविसंघले कीर्तिपुरमा पुत्ला समेत दहन गरेको छ । गृहमन्त्री राजीनामा दे, सहकारी ठग होसियार, सहकारी ठगर्ला कारबाही गर भन्दै नेविसंघका नेता तथा कार्यकर्ताहरूले राके जुलुस निकाल्दै पुत्ला दहन गरेका हुन् ।
नेविसंघ त्रिभुवन विश्वविद्यालय सभापति विष्णु बडैलाले गृहमन्त्रीलाई कारबाही नहुँदासम्म नेविसंघ चुप लागेर नबस्ने बताए । उनीमाथि लागेका आरोपहरू संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने अडान नेपाली कांग्रेसको रहेको भन्दै त्यो नहुँदासम्म आफूहरू चुप लागेर नबस्ने बताए ।
सहकारी ठगी प्रकरणमा गृहमन्त्रीको नाम मुछिएपछि नेपाली कांग्रेसले संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण