मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

राजीनामा माग्दै नेविसंघले गृहमन्त्रीको पुत्ला जलायो

मङ्गलबार, ०४ वैशाख २०८१, २२ : ०७
मङ्गलबार, ०४ वैशाख २०८१

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ । सहकारी ठगी प्रकरणमा उनको नाम जोडिएको भन्दै नेविसंघले उनको राजीनामा माग गरेको हो । 

उनको राजीनामा माग गर्दै नेविसंघले कीर्तिपुरमा पुत्ला समेत दहन गरेको छ । गृहमन्त्री राजीनामा दे, सहकारी ठग होसियार, सहकारी ठगर्ला कारबाही गर भन्दै नेविसंघका नेता तथा कार्यकर्ताहरूले राके जुलुस निकाल्दै पुत्ला दहन गरेका हुन् ।

नेविसंघ त्रिभुवन विश्वविद्यालय सभापति विष्णु बडैलाले गृहमन्त्रीलाई कारबाही नहुँदासम्म नेविसंघ चुप लागेर नबस्ने बताए । उनीमाथि लागेका आरोपहरू संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने अडान नेपाली कांग्रेसको रहेको भन्दै त्यो नहुँदासम्म आफूहरू चुप लागेर नबस्ने बताए ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्रीको नाम मुछिएपछि नेपाली कांग्रेसले संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप