डर्टमन्ड च्याम्पियन्स लिगको सेमिफाइनलमा
काठमाडौँ । जर्मन क्लब बोरुसिया डर्टमन्डले युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा स्पेनिस क्लब एथ्लेटिको मड्रिडलाई समग्रमा ५–४ गोल अन्तरले पराजित गर्दै डर्टमन्डले सेमिफाइनलमा स्थान बनाएको हो ।
पहिलो लेगमा २–१ गोल अन्तरले विजयी भएको मड्रिड दोस्रो लेगमा ४–२ गोल अन्तरले पराजित भएपछि अन्तिम चारमा पुग्न सफल भएन । घरेलु मैदानमा डर्टमन्टले ३४ औं मिनेटमा अग्रता लिएको थियो । उसका लागि जुलियन ब्रान्ड्टले गोल गर्दै अग्रता दिलाए ।
उनले गोल गरेपछि पहिलो लेगेको नतिजाका आधारमा समग्रमा २–२ को बराबरी गरे । ३० औं मिनेटमा इयान म्याटसेनले गोल गरेपछि डर्टमन्ड २–० ले अघि बढेको थियो । ४९ औं मिनेटमा म्याट हुमेल्सले आफ्नै पोस्टमा गोल गरेपछि एथ्लेटिको मड्रिडले खेलमा फर्किने प्रयास गरेको थियो ।
६४ औं मिनेटमा एन्जल कोरेराले गोल गरेपछि मड्रिडले समग्रमा ४–३ को अग्रता बनाउँदै अघि बढेको थियो । तर, डर्टमन्डका निकलस फलक्रुजले गोल गरेपछि ७१ औं मिनेटमा खेल रोमाञ्चक मोडमा पुगेको थियो । ७४ औं मिनेटमा मार्सेल साबिट्जेरले गोल गर्दै डर्टमन्डले ४–२ को जितसँगै समग्रमा ५–४ को नतिजासँगै सेमिफाइनलमा स्थान पक्का गरेको हो । अब सेमिफाइनलमा डर्टमन्डले पीएसजीसँग खेल्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण