दुर्घटना
सल्यान बस दुर्घटना अपडेट : १४ जना घाइते
बुधबार, ०५ वैशाख २०८१, ११ : ५०
सल्यान । सल्यानमा बस दुर्घटनामा १४ जना घाइते भएका छन् । बागचौर नगरपालिका–२, ठिनबाङ खोला पुलमा भएको बस दुर्घटनामा १४ जना घाइते भएका हुन् ।
दुर्घटना चालकसहित १४ जना घाइते भएका र उनीहरूलाई स्थानीय मेडिकलमा उपचारका लागि पठाइएको इलाका प्रहरी कार्यालय थारमारेले जानकारी दिएको छ । अहिले घटनास्थलमा प्रहरी निरीक्षक नवीन थापाको कमान्डमा उद्धार कार्य भइरहेको समेत प्रहरीले जनाएको छ ।
बस पल्टिएर सडकभन्दा तल खसेको छ । रा १ ख २०८५ नम्बरको यात्रुबाहक बस दाङको घोराहीबाट रुकुम पश्चिम जाँदै गर्दा दुर्घटनामा परेको हो । बस दाङको तुलसीपुर उपमहानगरपालिका बस्ने ३८ वर्षीय पूर्ण रानाले चलाएको प्रहरीको भनाई छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण