मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

गायिका एलिना चौहानले गरिन् विष्णुसँग विवाह, तस्बिरहरू हेर्नुहोस्

बुधबार, ०५ वैशाख २०८१, १३ : ०६
बुधबार, ०५ वैशाख २०८१

काठमाडौँ । गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छन् । उनले बुधबार बागलुङ निवासी प्रेमी विष्णु सापकोटासँग परम्परागत विधिबाट लगनगाँठो कसेकी हुन् ।

एलिना र विष्णुको विवाह समारोह झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा भएको हो । विवाह समारोहमा दुबै तर्फका साथीभाइ, आफन्त सहभागी छन् । 

विष्णु  एलिनालाई लिन बागलुङबाट जन्तीसहित मंगलबार नै झापा पुगेका थिए । एलिना र विष्णुले केही वर्षको प्रेम विवाहमा परिणत गरेका हुन् । विष्णु केही समयदेखि अस्ट्रेलिया बस्दै आएका छन् । 

तस्बिर सौजन्य : गोपीकृष्ण चापागाईं

chauhan weds (1)chauhan weds (2)chauhan weds (3)chauhan weds (4)chauhan weds (5)chauhan weds (6)chauhan weds (7)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप