भैरवको रथ तानेर बिस्केट जात्रा सम्पन्न हुँदै
भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा आज सम्पन्न हुँदैछ । गत चैत २७ गते तौमढीबाट भैरवको रथ तानेर सुरु भएको जात्राको आज अन्तिम दिन साँझ ५ बजे गःहिटीबाट भैरवको रथ तान्न सुरु भएको गुठी कार्यालय भक्तपुरका प्रमुख खिमा वलीले जानकारी दिइन् ।
आज साँझ सबै पूजा सम्पन्न भएपछि भैरवको रथ तानेर तौमढी हुँदै सुकुलढोका पुर्याएर दत्तात्रयतर्फ लैजाँदै गरे पनि तल्लोतर्फका बासिन्दाले साँझ ७ बजेसम्म रथलाई तानेर पुन तौमढी हुँदै गःहिटी ल्याइएको छ । रथलाई वंशगोपालतर्फ लैजाने प्रयास जारी छ । राति रथलाई पुनः तोमढी पुर्याएपछि जात्रा सम्पन्न हुने परम्परा छ ।
रथ तान्नेक्रममा तल्लो र माथिल्लो दुवैतर्फका हजारौँले स्थानीयवासीले आ–आफ्नो क्षेत्रमा रथ लैजान तानातान गर्ने चलन छ । तानातानको क्रममा झैझगडा हुने सम्भावना भएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले सुरक्षाका लागि एक हजार सुरक्षाकर्मी तैनाथ गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र सादा पोसाकका प्रहरीलगायतका सुरक्षाकर्मी तैनाथ गरिएको प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जानकारी दिइन् ।
जात्रा बिथोल्नेलाई पक्राउ गरी सार्वजनिक मुद्दा चलाइने उनले बताइन् । विक्रम संवत्अनुसार सौरमासको आधारमा चल्ने यो जात्रा नव वर्षको चार दिनअघिदेखि तान्त्रिक विधिअनुसार प्रारम्भ गरी वैशाख ५ गते रथ तानेर जात्रा सम्पन्न गर्ने गरिन्छ ।
काठैकाठको प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराइसकेपछि परम्पराअनुसार गःहिटीबाट माथिल्लो र तल्लो क्षेत्रका बासिन्दाले रथ तानेर तौमढी पुर्याएपछि यस वर्षको जात्रा सम्पन्न हुनेछ ।
त्यसैगरी भक्तपुरको तालाक्वास्थित ज्याठा गणेश अगाडि उठाएको हात नभएको लिङ्गो आज ढालिएको छ । चैत मसान्त बिहान कुमाले टोलमा उठाएको लिङ्गो आज बिहान ढालिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण