बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

एमालेले भन्यो– मुख्यमन्त्रीलाई संविधानको धारा १८८ बाट भाग्ने ठाउँ छैन

बिहीबार, ०६ वैशाख २०८१, १४ : २६
बिहीबार, ०६ वैशाख २०८१

विराटनगर । नेकपा एमालेले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की संविधानको धारा १८८ बाट भाग्न नपाउने बताएको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले सङ्कल्प प्रस्ताव प्रदेशसभामा टेबुल गर्दै यस्तो बताएका हुन् ।  

भण्डारीले संसद्को सर्वोच्चतालाई स्वीकार गर्दै मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने बताए । संसद्को दृश्यले पनि मुख्यमन्त्री अल्पमतमा परिसकेको उनले बताए । 

संविधानको प्रावधान, सर्वोच्च अदालतको व्याख्याले पनि संसद् विघटन नहुने र उपधारा ५ अनुसारको सरकार परिवर्तन हुन सक्ने जिकिर गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप