एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक वैशाख २८ र २९ गते
बिहीबार, ०६ वैशाख २०८१, २१ : ४२
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटी बैठक यही वैशाख २८ र २९ गते काठमाडौँमा बस्ने भएको छ । त्यसअघि २६ गते स्थायी कमिटी र २७ गते पोलिटव्युरो बैठक बस्नेछ । केन्द्रीय कमिटी बैठकमा पार्टीको महाधिवेशनका लागि वैचारिक दृष्टिकोणमाथि छलफल हुनेछ ।
महासचिव घनश्याम भुसालले केन्द्रीय कमिटी बैठकमा जनवर्गीय सङ्गठनका कार्य प्रगति, समसामयिक राजनीतिक अवस्था, नवीकरण गरिएका सङ्गठित सदस्यको अनुमोदनलगायत विषयमा छलफल हुने जानकारी दिएका छन् ।
महासचिव भुसालका अनुसार बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी बाँडफाँड, आगामी असारमा हुने राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोटका मापदण्ड तय गरिने छ । सो पार्टीले असार १६ देखि २० गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन आयोजना गर्न लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण