शपथस्थलमा लफडा, नाउपाका कैलाश बने भौतिक मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीसँगै नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट कैलाश चौधरी भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् । उनले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शपथकै बेला केहीबेर प्रदेश प्रमुखको कार्यालयमा तनावको स्थिति समेत सिर्जना भएको थियो । मुख्यमन्त्री सोडारीले कैलाश चौधरी र अर्का सांसद टीका थापालाई तत्काल विना विभागीय मन्त्रीको शपथ खुवाउन खोजेका थिए ।
तर थापाले शपथ लिन नमानेपछि स्थिति तनावपूर्ण बनेको हो । टीकापुरका मेयर रामलाल डंगौराले सांसद थापालाई अहिले सपथ नखानुस् हिन्नुस् भनेर बाहिर ल्याएपछि तनाव उत्पन्न भयो ।
त्यसपछि मुख्यमन्त्री सोडारी एक्लैले शपथ ग्रहण गरे । दुई जनाले विभागसहितको मन्त्रीको शपथ खाने तयारी गर्दा हाम्रो अपमान भयो भन्दै टीका थापा र उनका श्रीमान नाउपाका नेता रतन थापा प्रदेश प्रमुखको कार्यालयबाट बाहिरिए । केहीबेरको छलफलपछि कैलाश चौधरीले भौतिक पूर्वाधार विकास मन्त्रीको शपथ लिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जुन घर्तीको उत्कृष्ट अर्धशतकसँगै कर्णाली विजयी, कोशी प्रदेशको पाँचौँ हार
-
परराष्ट्रमन्त्री र युक्रेनका विदेशमन्त्रीसँग वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न आग्रह
-
भारतको उक्साहटमा राजावादीको सक्रियता बढेको एमाले निष्कर्ष
-
वीरगञ्ज सुक्खा बन्दरगाहमा ट्याङ्क कन्टेनर आउन थाल्यो
-
चैत १५ को जनप्रदर्शन भव्य बनाउन एकीकृत समाजवादीका आयोग र विभागहरूले तयारी गर्ने
-
१०औँ एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलन कम्बोडियामा सुरु