भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा
शुक्रबार, ०७ वैशाख २०८१, ०६ : ३६
१

सुर्खेत । भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ ।
डोल्पा ,जाजरकोट रुकुम पश्चिमलाई जोड्ने बेलिब्रिजका पाताहरु सबै जडान भएका आयोजना प्रमुख सुनिल रन्जितकारले बताए। पुलको ‘बेस प्लेट’ जडानको काम भोलिदेखि सुरु हुने उनले जानकारी दिए । आगामी एक महिनाभित्र सम्पूर्ण काम पूरा गर्ने लक्ष्यका साथ निर्माण भइरहेको उनले बताए ।
पुलका निम्ति रु तीन करोड ८१ लाख विनियोजन भएको छ । यो पुल तीन जिल्लाको ‘लाइफ लाइन’ मात्र नभइ भारत , नेपाल र चीन जोड्ने सडकको महत्वपूर्ण संरचना हो ।
एक सय १८ किलोमिटर लामो जाजरकोट– डोल्पा सडकको ५६ किलोमिटर खण्डमा अहिले काम भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पर्सामा तीन लाख ५१ हजार बढी मतदाताको नाम अद्यावधिक, महिलाको सहभागिता उल्लेख्य
-
आईपीएल : शीर्ष स्थानको गुजरातलाई हरायो लखनउले
-
१२ बजे, १२ समाचार : रवि र छविबारेको सुनुवाई हेर्दाहेर्दैमा देखि भिजिट भिसा प्रकरणले गृहमा हलचलसम्म
-
झापामा एक वर्षमा दश करोड बढीको भन्सार छलीका सामान बरामद
-
तिनाउ खोलामा डुबेर भारतीय नागरिक बेपत्ता
-
खोलाले बगाउँदा महिलाको मृत्यु