मध्य पूर्वमा महायुद्ध छेडिने सङ्केत
दुबई । मध्य पूर्वमा पुनः युद्धको आगो भड्किएको छ । इरानले इजरायलमाथि गएको हप्ता सिधै हमला गरेपछि युद्ध सुरु भएको छ । गएको शनिबार इरानले इजरायलमाथि गरेको गरेको आक्रमणको प्रतिकारमा इजरायलले शुक्रबार जवाफी हमला गर्यो ।
पछिल्लो हमलामा इजरायलले इरानको परमाणु संयन्त्रलाई निशाना बनाएर मिसाइल हमला गरेको छ । यसको प्रतिकारमा इरानले पनि कयौँ प्रान्तमा एयर डिफेन्स बैटरिज प्रहार गरेको बताइएको छ ।
इस्फहान सहरमा विस्फोटको खबर आइरहेकै समयमा इरानले यो जवाफी कारबाही गरेको बताइएको छ । इरानले इजरायलमा कहाँ कहाँ हमला गरेको छ भन्ने चाँहि स्पष्ट भइसकेको छैन ।
इस्फहान सहरमा इरानी सेनाको मुख्य एयरबेस त छ नै यहाँ परमाणु केन्द्रहरू पनि छन् । इजरायलको हमलाको प्रयास आफूहरूले विफल पारेको इरानी अधिकारीहरूरुले दाबी गरेका छन् । इरानले पश्चिम र मध्य क्षेत्रमा व्यवसायी उडान रोकेको छ ।
इजरायलको रक्षा बलले पनि देशको उत्तरी क्षेत्रको अरब अल अरामशेमा आकस्मिक साइरन बजाएको बताइएको छ । यो साइरन सर्वसाधारण र स्थानीय प्रशासनलाई सतर्क गराउन बजाइन्छ । इरानले १३ अप्रिलमा दर्जनौँ ड्रोन र सयौँ मिसाइलले इजरायलमाथि हमला गरेको थियो ।
इजरायलको सहयोगी देशहरूले इरानको ड्रोन र मिसाइल हमलापछि तेल अभिभलाई संयम अपनाउन भनेको थियो । अमेरिकाले त प्रष्टसँगै इजरायललाई जवाफी हमलाको समर्थन नगर्ने बताएको थियो ।
बाइडेनले आफैँले फोनमा इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुलाई कुनै खाले कारवाही नगर्न अनुरोध गरेका थिए । इरानले कहिले र कसरी जवाफ दिन्छ भन्ने आफैँले तय गर्ने इजरायलको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण