बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मध्य पूर्वमा महायुद्ध छेडिने सङ्केत

शुक्रबार, ०७ वैशाख २०८१, १० : ५१
शुक्रबार, ०७ वैशाख २०८१

दुबई । मध्य पूर्वमा पुनः युद्धको आगो भड्किएको छ । इरानले इजरायलमाथि गएको हप्ता सिधै हमला गरेपछि युद्ध सुरु भएको छ । गएको शनिबार इरानले इजरायलमाथि गरेको गरेको आक्रमणको प्रतिकारमा इजरायलले शुक्रबार जवाफी हमला गर्‍यो । 

पछिल्लो हमलामा इजरायलले इरानको परमाणु संयन्त्रलाई निशाना बनाएर मिसाइल हमला गरेको छ । यसको प्रतिकारमा इरानले पनि कयौँ प्रान्तमा एयर डिफेन्स बैटरिज प्रहार गरेको बताइएको छ । 

इस्फहान सहरमा विस्फोटको खबर आइरहेकै समयमा इरानले यो जवाफी कारबाही गरेको बताइएको छ । इरानले इजरायलमा कहाँ कहाँ हमला गरेको छ भन्ने चाँहि स्पष्ट भइसकेको छैन ।

इस्फहान सहरमा इरानी सेनाको मुख्य एयरबेस त छ नै यहाँ परमाणु केन्द्रहरू पनि छन् । इजरायलको हमलाको प्रयास आफूहरूले विफल पारेको इरानी अधिकारीहरूरुले दाबी गरेका छन् । इरानले पश्चिम र मध्य क्षेत्रमा व्यवसायी उडान रोकेको छ । 

इजरायलको रक्षा बलले पनि देशको उत्तरी क्षेत्रको अरब अल अरामशेमा आकस्मिक साइरन बजाएको बताइएको छ । यो साइरन सर्वसाधारण र स्थानीय प्रशासनलाई सतर्क गराउन बजाइन्छ । इरानले १३ अप्रिलमा दर्जनौँ ड्रोन र सयौँ मिसाइलले इजरायलमाथि हमला गरेको थियो ।

इजरायलको सहयोगी देशहरूले इरानको ड्रोन र मिसाइल हमलापछि तेल अभिभलाई संयम अपनाउन भनेको थियो । अमेरिकाले त प्रष्टसँगै इजरायललाई जवाफी हमलाको समर्थन नगर्ने बताएको थियो । 

बाइडेनले आफैँले फोनमा इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुलाई कुनै खाले कारवाही नगर्न अनुरोध गरेका थिए । इरानले कहिले र कसरी जवाफ दिन्छ भन्ने आफैँले तय गर्ने इजरायलको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप