इरानसँग तनाव बढेपछि आफ्ना नागरिकलाई इजरायल छाड्न अस्ट्रेलियाको आग्रह
जेरुसेलम । अस्ट्रेलियाले आफ्ना नागरिकलाई इजरायल छाड्न निर्देशन दिएको छ । दुई जना अमेरिकी अधिकारीले शुक्रबार इजरायलले इरानमाथि आक्रमण गरेको दाबी गरेका थिए । यसपछि अस्ट्रेलियाले इजरायलमा रहेका आफ्ना नागरिकलाई ‘इजरायल छोड्न सुरक्षित छ भने त्यसो गरिहाल’ भनेको थियो ।
‘मध्य पूर्वमा इजरायल र इजरायलका हितैसीहरू विरुद्ध सैन्य प्रतिशोध र आतङ्कवादी हमलाको उच्च खतरा छ । सुरक्षा अवस्था छिटै खस्किनेछ ।’ अस्ट्रेलियाको विदेश मन्त्रालयले माइक्रोब्लगिङ वेबसाइट एक्समा रहेको आफ्नो स्मार्टट्राभलर एकाउन्टमा एक पोस्टमा भनेको छ ।
‘हामी इजरायल र इजरायल शासित प्यालेस्टाइन क्षेत्रमा रहेका अस्ट्रेलियाली नागरिकहरूलाई ती ठाउँ छाड्न अपिल गर्दछौँ ।’ पोस्टमा भनिएको छ । मन्त्रालयले सो क्षेत्रको हवाई क्षेत्र बन्द हुन सक्ने, उडान रद्द हुन सक्ने वा आवागमनमा अन्य खालका अवरोध उत्पन्न हुन सक्ने भनेर पनि चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण