‘खल्ती सुरक्षा प्लस’ : ७६० रुपैयाँमा ५ लाख ३० हजारको बिमा
काठमाडौँ । डिजिटल वालेट ‘खल्ती’ले आफ्ना प्रयाेगकर्ताहरूकाे स्वास्थ्य सुरक्षालाई ध्यानमा राखि मेट लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्ससँगकाे सहकार्यमा ‘खल्ती सुरक्षा प्लस’ नामक स्वास्थ्य सेवा प्याकेज उपलब्ध गराएको छ।
मात्र रु. 760 बाट सुरु हुने यस प्याकेजमा प्रयोगकर्ताले रु 5,30,000 सम्मको स्वास्थ्य, दुर्घटना, र जीवन बिमा साथै रु 1,50,000 बराबर को विभिन्न हेल्थ केयर प्याकेज प्राप्त गर्न सक्नेछन्।
18 वर्ष देखि ६० वर्ष सम्मका प्रयोगकर्ताले ‘खल्ती सुरक्षा प्लस’ को सब्स्क्रिब्सन लिन सक्नेछन्। सब्स्क्रिब्सन लिएका प्रयोगकर्ताहरूले जीवन बिमा स्वरूप रु 2,50,000/- , गम्भिर बिमारीकाे उपचार खर्च स्वरूप रु 50,000/- र अस्पताल भर्ना, दुर्घटना तथा अन्त्येष्टि खर्च स्वरूप रू.२,३०,०००/- सम्म दाबि गरि कूल 5,30,000 सम्मको स्वास्थ्य सुरक्षा प्राप्त गर्न सक्नेछन्।
यस लगायत प्रयोगकर्ताहरूले ‘खल्ती सुरक्षा प्लस’ अन्तर्गत रु 1,50,000+ काे आँखा, कपाल, छाला, सम्बन्धित स्वास्थ्य सेवाहरू काे लाभ उठाउन सक्ने खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण