नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
काठमाडौँ । नेशनल पेमेन्ट गेटवे प्रकरणमा नेपाल टेलिकमका निलम्बित महाप्रबन्धक सुनिल पौडेल दोषी ठहर भएका छन् ।
विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर र न्यायाधीश मुरारीबावु श्रेष्ठले उनलाई दोषी ठहर गरेका हुन् ।
पौडेललाई सजार्य निर्धारण गर्न वैशाख २५ मा पेशी तोकिएको छ ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहँदा पौडेलले राष्ट्रिय भुक्तानी प्रणाली स्थापना गर्न भनेर सफ्टवेर र हार्डवेयर खरिद गरेको तर सञ्चालनमा नल्याएर भ्रष्टाचार गरेको विशेष अदालतको ठहर छ । उनी राष्ट्रिय सूचना प्रविधि केन्द्रमा उपनिर्देशक पदमा कार्यरत थिए । २३ करोड २७ लाख ५८ हजार तिरेर खरिद गरिएको सफ्टवेयर सञ्चालनमा नल्याएर रकम दुरुपयोग गरेको विशेष अदालतको ठहर छ ।
सो मुद्दामा ८ जनाले सफाइ पाएका छन् । सफाइ पाउनेमा संजय शर्मा, प्रणिता उपाध्याय, रमेश पोखरेल, रामबहादुर बुढा, निमबहादुर ओली, रामशरण गायक, सफल श्रेष्ठ र मधु कुमार मरासिनी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण