आज काठमाडौँका यी स्थानमा विद्युत् सेवा दिनभरजसो अवरुद्ध हुने
शनिबार, ०८ वैशाख २०८१, ०९ : १३
काठमाडौँ । काठमाडौँका विभिन्न तीन वितरण केन्द्रका सम्बन्धित स्थानमा आज दिनभरजसो विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार शनिबार विभिन्न ठाउँका फिडरहरू सटडाउन गरेर मर्मत कार्य गर्न लागेकाले रत्नपार्क वितरण केन्द्रको अनामनगर, जोरपाटी वितरण केन्द्रको मुलपानी तथा डांछी फिडरअन्तर्गतका दक्षिणढोका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।
शनिबार बिहान साँढे सात बजेपछि नै अनामनगर धोबीखोलादेखि मैतीदेवी, घट्टेकुलो क्षेत्रमा साँझ ५ बजेसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले.जनाएको छ ।
मूलपानी फिडरअन्तर्गत विभिन्न स्थानहरूमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म र डांछी फिडरअन्तर्गत शिवचोक, दक्षिणढोका क्षेत्रमा बिहान १० बजेदेखि मध्याह्न साढे १२ बजेसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जानकारी दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण