पाकिस्तानको क्षेप्यास्त्र कार्यक्रमका लागि सामग्री दिने चार कम्पनीमाथि अमेरिकाको कारबाही
शनिबार, ०८ वैशाख २०८१, १३ : २९
वासिङ्टन । अमेरिकाले पाकिस्तानको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमका लागि आपूर्ति गर्ने चार कम्पनीमाथि प्रतिबन्ध लगाएको छ । यसमा चीनका तीन र बेलारुसको एउटा कम्पनी रहेका छन् । अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रतिबन्धबारे जानकारी दिएको हो ।
'प्रतिबन्ध लगाइएका तीन चिनियाँ कम्पनीहरू सियान लोङ्दे टेक्नोलोजी डेभलपमेन्ट कम्पनी लिमिटेड, तियानजिन क्रिएटिभ सोर्स इन्टरनेसनल ट्रेड कम्पनी लिमिटेड र ग्रानप्याक्ट कम्पनी लिमिटेड हुन्। बेलारुसमा रहेको मिन्स्क ह्वील ट्र्याक्टर प्लान्टमा पनि प्रतिबन्ध लगाइएको छ,’ मन्त्रालयले भनेको छ।
यी कम्पनीले पाकिस्तानको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमका लागि आवश्यक सामग्री आपूर्ति गरेका छन्। यी कम्पनीहरूले लामो दूरीको क्षेप्यास्त्र कार्यक्रमका लागि सामग्रीहरू प्रदान गरेको मन्त्रालयको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण