गुल्मीको इस्मा गाउँपालिकामा भीषण आगलागी, ४० घरगोठ जले

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा भीषण अगालागी भएको छ । आगलागीमा करिब ४० वटा घरगोठ जलेका छन् । इस्मा गाउँपालिका वडा नम्बर २ र ४ मा आगलागी हुँदा करिब ४० घरगोठ जलेका हुन् ।
आगलागीमा परेर २ जना घाइते भएका छन् । आगलागीमा परेर इस्मा १ बस्ने ट्रयाक्टर चालक हिमाल राना र मुसिकोट नगरपालिका ७ बस्ने प्रेम राना घाइते भएका हुन् । घाइते दुवै जनालाई उपचारका लागि पाल्पा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी शंकर पोखरेलले जानकारी दिए ।
अगालागीमा घर, गोठ, किराना पसल, मिल समेत जलेको उनले बताए । डीएसपी पोखरेलका अनुसार इस्मा २ मा १५ वटा बाख्रा र ४ वटा भैसीसमेत जलेका छन् भने लु ४ प ६५३५ नम्बरको ट्रयाक्टर जलेर क्षतिग्रस्त भएको छ ।
जिल्लाका विभिन्न स्थानमा डढेलो लागिरहेको समेत उनले जानकारी दिए । जंगलमा लागेको डढेलो वस्तीमा पसेपछि घर र गोठ जलेको प्रहरीले भनाई छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको टोली आगलागी नियन्त्रणका लागि खटिइरहेको डीएसपी पोखरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन