गुल्मीको इस्मा गाउँपालिकामा भीषण आगलागी, ४० घरगोठ जले
गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा भीषण अगालागी भएको छ । आगलागीमा करिब ४० वटा घरगोठ जलेका छन् । इस्मा गाउँपालिका वडा नम्बर २ र ४ मा आगलागी हुँदा करिब ४० घरगोठ जलेका हुन् ।
आगलागीमा परेर २ जना घाइते भएका छन् । आगलागीमा परेर इस्मा १ बस्ने ट्रयाक्टर चालक हिमाल राना र मुसिकोट नगरपालिका ७ बस्ने प्रेम राना घाइते भएका हुन् । घाइते दुवै जनालाई उपचारका लागि पाल्पा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी शंकर पोखरेलले जानकारी दिए ।
अगालागीमा घर, गोठ, किराना पसल, मिल समेत जलेको उनले बताए । डीएसपी पोखरेलका अनुसार इस्मा २ मा १५ वटा बाख्रा र ४ वटा भैसीसमेत जलेका छन् भने लु ४ प ६५३५ नम्बरको ट्रयाक्टर जलेर क्षतिग्रस्त भएको छ ।
जिल्लाका विभिन्न स्थानमा डढेलो लागिरहेको समेत उनले जानकारी दिए । जंगलमा लागेको डढेलो वस्तीमा पसेपछि घर र गोठ जलेको प्रहरीले भनाई छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको टोली आगलागी नियन्त्रणका लागि खटिइरहेको डीएसपी पोखरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण