माओवादीका नेता शर्मा जसपा प्रवेश गर्दै
काठमाडौँ । केही दिन पहिले नेकपा माओवादी केन्द्रबाट राजीनामा दिएका रामकुमार शर्मा आज जनता समाजवादी पार्टीमा प्रवेश गर्ने भएका छन् ।
जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको उपस्थितिमा महोत्तरीको जलेश्वरस्थित जिल्ला समन्वय समितिको सभा हलमा आज हुने एक कार्यक्रमको बिच उनी प्रवेश गर्न लागेका हुन् ।
नेता शर्मासहितका माओवादीका अन्य नेता तथा कार्यकर्ता जसपा प्रवेश गर्न लागेका हुन् । माओवादीमा भ्रष्टाचार मौलायो, जनतासामु गरेको प्रतिबद्धता अनुसार पार्टीले काम नगरेको भन्दै उनी पार्टीबाट राजीनामा दिएका थिए ।
उपेन्द्र यादवको तत्कालीन मधेसी जनअधिकार फोरममा स्थापना कालदेखि काम गरेका उनी २०६५ मा फोरम छाडेर तमलोपामा गएका थिए । २०६७ मा तमलोपा छाडेर उनी माओवादी भएका थिए ।
पछि केही समय डा बाबुराम भट्टराईको नयाँ नेपालमा काम गरे । केही समयपछि माओवादीमा फर्केका रामकुमार शर्मा अहिले पुनः उपेन्द्र यादव नेतृत्वको जसमा प्रवेश गर्न लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण