शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

माओवादीका नेता शर्मा जसपा प्रवेश गर्दै

आइतबार, ०९ वैशाख २०८१, १० : ०२
आइतबार, ०९ वैशाख २०८१

काठमाडौँ । केही दिन पहिले नेकपा माओवादी केन्द्रबाट राजीनामा दिएका रामकुमार शर्मा आज जनता समाजवादी पार्टीमा प्रवेश गर्ने भएका छन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको उपस्थितिमा महोत्तरीको जलेश्वरस्थित जिल्ला समन्वय समितिको सभा हलमा आज हुने एक कार्यक्रमको बिच उनी प्रवेश गर्न लागेका हुन् । 

नेता शर्मासहितका माओवादीका अन्य नेता तथा कार्यकर्ता जसपा प्रवेश गर्न लागेका हुन् । माओवादीमा भ्रष्टाचार मौलायो, जनतासामु गरेको प्रतिबद्धता अनुसार पार्टीले काम नगरेको भन्दै उनी पार्टीबाट राजीनामा दिएका थिए ।

उपेन्द्र यादवको तत्कालीन मधेसी जनअधिकार फोरममा स्थापना कालदेखि काम गरेका उनी २०६५ मा फोरम छाडेर तमलोपामा गएका थिए । २०६७ मा तमलोपा छाडेर उनी माओवादी भएका थिए ।

पछि केही समय डा बाबुराम भट्टराईको नयाँ नेपालमा काम गरे । केही समयपछि माओवादीमा फर्केका रामकुमार शर्मा अहिले पुनः उपेन्द्र यादव नेतृत्वको जसमा प्रवेश गर्न लागेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप