सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

शरणार्थी प्रकरणको मुद्दा हेर्दाहेर्दैमा

आइतबार, ०९ वैशाख २०८१, १७ : ४८
आइतबार, ०९ वैशाख २०८१

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाले सुनुवाइ पुरा नभएपछि सो मुद्दा हेर्दाहेर्दैमा राखेका हुन् । 

निलम्बित सचिव टेकनारायण पाण्डेसहितका प्रतिवादीहरूले पाटन उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा निवेदन दिएका थिए । पाण्डेले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट पनि दर्ता गराएका छन् । 

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसभाषद् आङटावा शेर्पा, डा. इन्द्रजित राई, शमशेर मियाँ, केशव दुलाल र सानु भण्डारी सहितका १० जनाले उच्चको आदेशविरुद्ध सर्वोच्चमा अपिल गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप