नयाँ फिल्म बनाउँदै अशोक
सोमबार, १० वैशाख २०८१, ११ : ३०

काठमाडौँ । कलाकार, निर्माता, निर्देशक अशोक शर्माले नयाँ फिल्म निर्माण गर्ने भएका छन् । केही वर्ष अगाडि ‘रातो टिका निधारमा’ बनाएका अशोक अहिले धमाधम नयाँ फिल्म लेखनमा छन् ।
फिल्मको लेखन कार्य भइरहेकोले नाम राख्न बाँकी रहेको अशोकले बताए । फिल्मको लेखनमा अशोकलाई स्क्रिप्ट डाक्टरको रूपमा परिचित मनोज पण्डितले सघाइरहेका छन् । फिल्म २०८२ सालको दसैँमा रिलिज गर्ने गरी निर्माण हुने अशोक बताउँछन् ।
अशोक शर्मा लामो समयदेखि डीसीएनमा व्यस्त छन् । फिल्म ‘रातो टीका निधारमा’ बाट उनले आफ्नो छोरा अंकित शर्मालाई नायकको रूपमा भित्र्याएका थिए । यो फिल्ममा पनि उनी दोहोरिने नदोहोरिने केही बताइएको छैन ।
कलाकारका विषयमा उनले भने, ‘पहिले फिल्मको लेखन सकाउँछु । त्यसपछि कलाकार छनोट हुन्छ ।’ शर्माले डीसीएन मार्फत नेपाली फिल्मको वितरण समेत गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुपर–३ चरणको अन्तिम खेलमा थाइल्यान्डसँग ७८ रनले हार्यो नेपाल
-
सर्लाहीमा दुई मोटरसाइकल जुध्दा दुई जनाको मृत्यु
-
गभर्नर टुङ्गिएसँगै सेलायो सरकार ढल्ने चर्चा
-
सर्वसाधारणका लागि खुल्यो नौ तले दरबार, तस्बिरहरू
-
विश्व पौडेल : चुनावमा पराजित, गभर्नरमा ‘विजयी’
-
राष्ट्र बैङ्ककाे १८ औँ गभर्नरमा डा. विश्व पौडेल नियुक्त