नयाँ फिल्म बनाउँदै अशोक
सोमबार, १० वैशाख २०८१, ११ : ३०
काठमाडौँ । कलाकार, निर्माता, निर्देशक अशोक शर्माले नयाँ फिल्म निर्माण गर्ने भएका छन् । केही वर्ष अगाडि ‘रातो टिका निधारमा’ बनाएका अशोक अहिले धमाधम नयाँ फिल्म लेखनमा छन् ।
फिल्मको लेखन कार्य भइरहेकोले नाम राख्न बाँकी रहेको अशोकले बताए । फिल्मको लेखनमा अशोकलाई स्क्रिप्ट डाक्टरको रूपमा परिचित मनोज पण्डितले सघाइरहेका छन् । फिल्म २०८२ सालको दसैँमा रिलिज गर्ने गरी निर्माण हुने अशोक बताउँछन् ।
अशोक शर्मा लामो समयदेखि डीसीएनमा व्यस्त छन् । फिल्म ‘रातो टीका निधारमा’ बाट उनले आफ्नो छोरा अंकित शर्मालाई नायकको रूपमा भित्र्याएका थिए । यो फिल्ममा पनि उनी दोहोरिने नदोहोरिने केही बताइएको छैन ।
कलाकारका विषयमा उनले भने, ‘पहिले फिल्मको लेखन सकाउँछु । त्यसपछि कलाकार छनोट हुन्छ ।’ शर्माले डीसीएन मार्फत नेपाली फिल्मको वितरण समेत गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दार्चुला र सुस्तामा भइरहेको सीमा विवाद के हो ?
-
२० विद्रोही तृणमूल लोकसभा सांसद राष्ट्रवादी नागरिक पार्टीमा विलय हुँदै
-
बिहान उठ्ने बित्तिकै टाउको दुख्छ ?
-
पहिलो हाफमा १–१ को स्थितिमा इरान र न्युजिल्यान्ड
-
मध्यान्हका यी बानीले बिगार्न सक्छ मुटुको स्वास्थ्य
-
कञ्चनपुरको स्थानीय तहहरूले नदीजन्य पदार्थ उत्खननमा रोक लगाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण