शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीको इस्मामा थप दुई घर जलेर नष्ट

सोमबार, १० वैशाख २०८१, १४ : ४६
सोमबार, १० वैशाख २०८१

बुटवल । गुल्मीको इस्मा गाउँपालिकामा आगलागीबाट दुई घर र एक गोठ जलेर नष्ट भएका छन् । सोमबार इस्मा गाउँपालिका– ६  को बुल्ममा दुई  घर र एक गोठ जलेर नष्ट  भएको  जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

आगोलाई स्थानीय, जनप्रतिनिधि, प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय  गुल्मीका सूचना अधिकारी डीएसपी  शंकर पोखरेले जानकारी दिए ।  

यसअघि यही वैशाख ८ गते जिल्लाका ४१ घर  जलेका थिए । जसमा इस्मा गाउँपालिकाका मात्रै २५  घर जलेर पूर्णरुपमा क्षति भएका थिए । 

योसँगै इस्मामा क्षति हुने  घरको सङ्ख्या  २७ पुगेको छ । आगलागीबाट करिब ६ लाखको क्षति भएको प्रारम्भिक अनुमान रहेको प्रहरीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप