आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

साहना प्रधान स्मृति राष्ट्रिय हक्की शनिबारदेखि

सोमबार, १० वैशाख २०८१, १८ : ०३
सोमबार, १० वैशाख २०८१

काठमाडौँ । नेपाल हक्की संघको आयोजनामा ‘छैटौँ साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता’ शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा ६ वटा टोलीको सहभागिता रहने छ ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहने जानकारी सोमबार आयोजित पत्रकार सम्मेलनमा हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्माले दिए ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूहको शीर्ष दुई टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्ने बताइएको छ ।

प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः एक लाख, ७५ हजार र ५० हजार रुपैयाँ नगद पुरस्कार पत्र प्राप्त गर्नेछन् । प्रत्येक खेलको ‘प्लेयर अफ दी म्याच’ लाई पाँच हजार नगद पुरस्कार प्रदान गरिने छ ।

यसैगरी प्रतियोगिताको उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, सर्वाधिक स्कोरकर्ता र उदीयमान खेलाडीलाई जनही १० हजार रुपैयाँ नगदबाट पुरस्कृत गरिने छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख रुपैयाँ खर्च हुने जानकारी हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले दिइन् । प्रतियोगिता सञ्चालन गर्न सञ्चालन गर्न राष्ट्रिय खेलकुद परिषद्, धुलिखेल नगरपालिका र विभिन्न संघ संस्थाले सहयोग गर्ने बताइएको छ ।

पाँच दिने प्रतियोगिताका खेलहरू काभ्रेको धुलिखेल खेलकुद मैदानमा हुनेछ । हक्की संघले प्रशिक्षक तथा निर्णायकलाई समयानुकूल परिष्कृत गर्दै लैजाने उद्देश्यले प्रतियोगिताका क्रममा एसियन हक्की महासघंको सहयोगमा एएचएफ टेक्निकल अफिसियल कोर्स पनि सञ्चालन गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप