साहना प्रधान स्मृति राष्ट्रिय हक्की शनिबारदेखि
काठमाडौँ । नेपाल हक्की संघको आयोजनामा ‘छैटौँ साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता’ शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा ६ वटा टोलीको सहभागिता रहने छ ।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहने जानकारी सोमबार आयोजित पत्रकार सम्मेलनमा हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्माले दिए ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूहको शीर्ष दुई टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्ने बताइएको छ ।
प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः एक लाख, ७५ हजार र ५० हजार रुपैयाँ नगद पुरस्कार पत्र प्राप्त गर्नेछन् । प्रत्येक खेलको ‘प्लेयर अफ दी म्याच’ लाई पाँच हजार नगद पुरस्कार प्रदान गरिने छ ।
यसैगरी प्रतियोगिताको उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, सर्वाधिक स्कोरकर्ता र उदीयमान खेलाडीलाई जनही १० हजार रुपैयाँ नगदबाट पुरस्कृत गरिने छ ।
प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख रुपैयाँ खर्च हुने जानकारी हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले दिइन् । प्रतियोगिता सञ्चालन गर्न सञ्चालन गर्न राष्ट्रिय खेलकुद परिषद्, धुलिखेल नगरपालिका र विभिन्न संघ संस्थाले सहयोग गर्ने बताइएको छ ।
पाँच दिने प्रतियोगिताका खेलहरू काभ्रेको धुलिखेल खेलकुद मैदानमा हुनेछ । हक्की संघले प्रशिक्षक तथा निर्णायकलाई समयानुकूल परिष्कृत गर्दै लैजाने उद्देश्यले प्रतियोगिताका क्रममा एसियन हक्की महासघंको सहयोगमा एएचएफ टेक्निकल अफिसियल कोर्स पनि सञ्चालन गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण