२०७० देखि ७२ सालमा पीएचडी कार्यक्रममा सहभागी शोधार्थीहरुका लागि त्रिविको सूचना
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले २०७० देखि ७२ सालमा विद्यावारिधी (पीएचडी) कार्यक्रममा भर्ना भएका शोधार्थीहरुले २०८३ सालभित्र शोधप्रबन्ध पेस गर्न र पूर्व कार्यसमीक्षा लगायतका कार्यक्रम सम्पन्न गर्न सूचना प्रकाशित गरेको छ ।
मानविकी तथा सामाजिक शास्त्र संकाय, डिनको कार्यालय अन्तर्गत सञ्चालित विद्यावारिधी कार्यक्रममा सहभागी शोधार्थीहरुका लागि त्रिविले सो सूचना प्रकाशित गरेको हो । सो कार्यक्रम अन्तर्गत २०७० सालमा भर्ना भएका शोधार्थीहरुले विद्यावारिधी तहको शोधप्रबन्ध २०८२ चैत्र मसान्तभित्र पेस गर्ने समयसीमा तोकिएको छ भने २०७१ सालमा भर्ना भएका शोधार्थीहरुका लागि २०८३ चैत्र मसान्तभित्र पेस गर्ने समयसीमा तोेकिएको छ ।
त्यस्तै २०७२ सालमा भर्ना भएको शोधार्थीहरुले २०८१ चैत्र मसान्तसम्मा पूर्वकार्य समीक्षा र विभागीय गोष्ठी सम्पन्न गरी शोध निर्देशक तथा सहसोधनिर्देशक तोक्ने समयसीमा तोकिएको छ । २०८० चैत २२ गते बसेको अनुसन्धान समितिको बैठकले उल्लेखित कार्यक्रम तय गरिएको २०८१ वैशाख ७ गते डिनको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण