आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

२०७० देखि ७२ सालमा पीएचडी कार्यक्रममा सहभागी शोधार्थीहरुका लागि त्रिविको सूचना

सोमबार, १० वैशाख २०८१, २१ : ५४
सोमबार, १० वैशाख २०८१

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले २०७० देखि ७२ सालमा विद्यावारिधी (पीएचडी) कार्यक्रममा भर्ना भएका शोधार्थीहरुले २०८३ सालभित्र शोधप्रबन्ध पेस गर्न र पूर्व कार्यसमीक्षा लगायतका कार्यक्रम सम्पन्न गर्न सूचना प्रकाशित गरेको छ ।

मानविकी तथा सामाजिक शास्त्र संकाय, डिनको कार्यालय अन्तर्गत सञ्चालित विद्यावारिधी कार्यक्रममा सहभागी शोधार्थीहरुका लागि त्रिविले सो सूचना प्रकाशित गरेको हो । सो कार्यक्रम अन्तर्गत २०७० सालमा भर्ना भएका शोधार्थीहरुले विद्यावारिधी तहको शोधप्रबन्ध २०८२ चैत्र मसान्तभित्र पेस गर्ने समयसीमा तोकिएको छ भने २०७१ सालमा भर्ना भएका शोधार्थीहरुका लागि २०८३ चैत्र मसान्तभित्र पेस गर्ने समयसीमा तोेकिएको छ ।

त्यस्तै २०७२ सालमा भर्ना भएको शोधार्थीहरुले २०८१ चैत्र मसान्तसम्मा पूर्वकार्य समीक्षा र विभागीय गोष्ठी सम्पन्न गरी शोध निर्देशक तथा सहसोधनिर्देशक तोक्ने समयसीमा तोकिएको छ ।  २०८० चैत २२ गते बसेको अनुसन्धान समितिको बैठकले उल्लेखित कार्यक्रम तय गरिएको २०८१ वैशाख ७ गते डिनको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।  

436784351_1886503018439042_2428302888713762905_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप