शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

इलामको चियाको समस्याबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण

मङ्गलबार, ११ वैशाख २०८१, १० : २२
मङ्गलबार, ११ वैशाख २०८१

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच आज बालुवाटारमा भेटघाट भएको छ। उक्त भेटघाटमा इलामको चियाको समस्याबारेमा छलफल भएको हो। 

डेढ वर्ष अघि पनि भारतले नेपालको चिया आयातमा रोक लगाएको थियो। तर पूर्व प्रधानमन्त्री र तत्कालीन प्रधानमन्त्रीबिच कुराकानी भएर चिया नियमित किनबेच भइरहेको थियो। अहिले फेरि भारतीय पक्षले नेपालको चिया लान छोडेपछि इलामका उद्योगपतिहरू र किसानहरू मार्कामा परेका थिए। 

त्यही क्रममा इलामका चिया व्यवसायीले पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई भेटी समस्याको बारेमा जानकारी गराएपछि आज पूर्व प्रधानमन्त्री झलनाथ खनाल चिया व्यवसायी र प्रधानमन्त्रीबिच चियाको समस्याको समाधान गर्नको लागि भारतीय सम्बन्धित पक्षलाई यसको यो समस्याको समाधानका लागि छलफल गर्ने सहमति भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप