इलामको चियाको समस्याबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण
मङ्गलबार, ११ वैशाख २०८१, १० : २२
काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच आज बालुवाटारमा भेटघाट भएको छ। उक्त भेटघाटमा इलामको चियाको समस्याबारेमा छलफल भएको हो।
डेढ वर्ष अघि पनि भारतले नेपालको चिया आयातमा रोक लगाएको थियो। तर पूर्व प्रधानमन्त्री र तत्कालीन प्रधानमन्त्रीबिच कुराकानी भएर चिया नियमित किनबेच भइरहेको थियो। अहिले फेरि भारतीय पक्षले नेपालको चिया लान छोडेपछि इलामका उद्योगपतिहरू र किसानहरू मार्कामा परेका थिए।
त्यही क्रममा इलामका चिया व्यवसायीले पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई भेटी समस्याको बारेमा जानकारी गराएपछि आज पूर्व प्रधानमन्त्री झलनाथ खनाल चिया व्यवसायी र प्रधानमन्त्रीबिच चियाको समस्याको समाधान गर्नको लागि भारतीय सम्बन्धित पक्षलाई यसको यो समस्याको समाधानका लागि छलफल गर्ने सहमति भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण