चेल्सीलाई पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लियो
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीमाथि एकतर्फी जित निकाल्दै आर्सनल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा आर्सनलले चेल्सीको पोस्टमा ५ गोल गरेको हो ।
जितसँगै स्पष्ट ३ अंक थपेको आर्सनलले प्रिमियर लिग तालिकामा एकै खेलबाट ३ अंकको अग्रता लिएको छ । आर्सनल ३४ खेलबाट ७७ अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिदा दोस्रो स्थानमा रहेको लिभरपुल ३३ खेलबाट ७४ अंक बनाएर बसेको छ । आर्सनलसँग पराजित भएको चेल्सी भने ३२ खेलबाट ४७ अंकका साथ तालिकाको नवौँ स्थानमा रहेको छ ।
मंगलबार रातिको खेलमा आर्सनललाई जिताउन बेन ह्वाइट र केइ हार्भाटेजले दुई,दुई गोल गर्दा लियोनार्दो ट्रोसान्डले एक गोल थपेका थिए । आर्सनको घरेलु मैदानमा ट्रोसान्डले डेक्लन राइसको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोल गरेको आर्सनले बाँकी चार गोल दोस्रो हाफमा गरेको थियो ।
५२ औँ मिनेटमा ह्वाइटले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए । ५७ औँ मिनेटमा हार्भाटेजले मार्टिन ओडेगार्डको पासमा गोल गर्दै अग्रता तेब्बर बनाए । उनै हार्भाटेजले बकायो साकाको पासमा ६५ औँ मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरे । ७९ औँ मिनेटमा ओडेगार्डको पासमा व्यक्तिगत दोस्रो गोल गर्दा आर्सनल ५–० ले विजयी भयो ।
प्रिमियर लिगमा आज चार खेल हुने छन् । राति साढे १२ बजे वुल्भ्स र बर्नमाउथ भिड्दा पौने १ बजे क्रिष्टल प्यालेस र न्युक्यासल युनाइटेड, एभर्टन र लिभरपुल तथा म्यानचेस्टर युनाइटेड र सेफिल्ड युनाइटेड आमने सामने हुने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण