जीपको ठक्करबाट मोटरसाइकलमा सवार तीन जनाको मृत्यु
बुधबार, १२ वैशाख २०८१, ०८ : ३७
झापा । झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत दमकबाट सुरुङ्गातर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र।१–०१–००१ च ९३२९ नम्बरको जीप एकआपसमा ठोक्किदा मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।
उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो । जीप चालकलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक कमल गाउँपालिका–४ घर भएका २५ वर्षीय मौसम राई, सो मोटरसाइकलमा सवार २० वर्षीय युनिस भनण्डारी र १७ वर्षीय सरोज रेग्मी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वेविरुद्ध ब्राजिलले गुमायो सुनौलो अवसर, ब्रुनो गिमारेसद्वारा पेनाल्टी मिस
-
किसानलाई ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा
-
इतिहास सच्याउने दाउमा ब्राजिल, मेसी–एम्बाप्पेलाई भेट्ने दाउमा नर्वेका हालान्ड
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण