इरानी राष्ट्रपतिको पाकिस्तान भ्रमणमा अमेरिकाले दियो यस्तो चेतावनी

इस्लामवाद । इरानी राष्ट्रपति इब्राहिम रईसीको पाकिस्तान भ्रमणमा दुई देशबिचको व्यापारिक सम्झौतालाई लिएर अमेरिकाले प्रतिक्रिया दिएको छ । इरानसँगको व्यापार सम्झौतालाई लिएर पाकिस्तानलाई ‘प्रतिबन्धको सम्भावित जोखिम’बारे अमेरिकाले चेतावनी दिँदै इरानविरुद्ध कारबाही जारी राख्ने बताएको छ ।
‘बृहत् स्तरमा विनाशकारी हतियार खरिदसँग सम्बन्धित गतिविधिमा खलल उत्पन्न गराउन र त्यस्तो गतिविधि गर्नेमाथि कारबाही गर्न हामी जारी राख्नेछौँ, चाहे जहाँ सुकै होस् ।’ पाकिस्तानको ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रमका आपूर्तिकर्ताहरूमाथि प्रतिबन्ध लगाउनेमा जोड दिँदै अमेरिकी विदेश मन्त्रालयका उपप्रवक्ता वेदान्त पटेलले भने ।
इरानसँग व्यापारिक सम्झौताबारे विचार गर्ने कुनै पनि देशलाई आफूहरूले प्रतिबन्धको सम्भावित जोखिमबारे सतर्क रहन सल्लाह दिने पनि उनले बताए । तर पाकिस्तान सरकारले आफ्नो विदेश नीतिसँग सम्बन्धित कुराहरू भने राख्न सक्ने उनको भनाइ छ । यतिबेला इरानी राष्ट्रपति रईसी पाकिस्तानको तीन दिने औपचारिक भ्रमणमा छन् । यस अवधिमा दुई देशबिच आठ वटा द्विपक्षीय सम्झौता भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण