इरानी राष्ट्रपतिको पाकिस्तान भ्रमणमा अमेरिकाले दियो यस्तो चेतावनी
इस्लामवाद । इरानी राष्ट्रपति इब्राहिम रईसीको पाकिस्तान भ्रमणमा दुई देशबिचको व्यापारिक सम्झौतालाई लिएर अमेरिकाले प्रतिक्रिया दिएको छ । इरानसँगको व्यापार सम्झौतालाई लिएर पाकिस्तानलाई ‘प्रतिबन्धको सम्भावित जोखिम’बारे अमेरिकाले चेतावनी दिँदै इरानविरुद्ध कारबाही जारी राख्ने बताएको छ ।
‘बृहत् स्तरमा विनाशकारी हतियार खरिदसँग सम्बन्धित गतिविधिमा खलल उत्पन्न गराउन र त्यस्तो गतिविधि गर्नेमाथि कारबाही गर्न हामी जारी राख्नेछौँ, चाहे जहाँ सुकै होस् ।’ पाकिस्तानको ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रमका आपूर्तिकर्ताहरूमाथि प्रतिबन्ध लगाउनेमा जोड दिँदै अमेरिकी विदेश मन्त्रालयका उपप्रवक्ता वेदान्त पटेलले भने ।
इरानसँग व्यापारिक सम्झौताबारे विचार गर्ने कुनै पनि देशलाई आफूहरूले प्रतिबन्धको सम्भावित जोखिमबारे सतर्क रहन सल्लाह दिने पनि उनले बताए । तर पाकिस्तान सरकारले आफ्नो विदेश नीतिसँग सम्बन्धित कुराहरू भने राख्न सक्ने उनको भनाइ छ । यतिबेला इरानी राष्ट्रपति रईसी पाकिस्तानको तीन दिने औपचारिक भ्रमणमा छन् । यस अवधिमा दुई देशबिच आठ वटा द्विपक्षीय सम्झौता भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण