बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
बुधबार, ०६ साउन २०८३, १३ : ४९
सारांश
- सडक डिभिजन कार्यालय नुवाकोटले बेत्रावती–धुन्चे सडक खण्डको मर्मत सम्भारका लागि बोलपत्र आह्वान गरेको छ ।
- यो 'रियाक्टिभ' मर्मत कार्यका लागि राष्ट्रिय प्रतिष्पर्धात्मक बोलपत्र प्रक्रियामार्फत विद्युतीय बोलपत्र माग गरिएको हो ।
- मर्मत कार्यको अनुमानित लागत ९३ लाख २९ हजार १५० रुपैयाँ २३ पैसा रहेको छ ।
काठमाडौँ । सडक डिभिजन कार्यालय नुवाकोटले बेत्रावती–धुन्चे–स्याफ्रुबेसी सडक खण्ड अन्तर्गत बेत्रावती–धुन्चे खण्डको मर्मत सम्भारका लागि बोलपत्र आह्वान गरेको छ ।
बुधबार उक्त सडक खण्डको ‘रियाक्टिभ’ मर्मत कार्यका लागि राष्ट्रिय प्रतिष्पर्धात्मक बोलपत्र प्रक्रियामार्फत योग्य नेपाली बोलपत्रदाताहरूबाट विद्युतीय बोलपत्र माग गरिएको हो ।
सडक डिभिजन कार्यालयले सार्वजनिक गरेको सूचना अनुसार उक्त मर्मत कार्यको अनुमानित लागत ९३ लाख २९ हजार १५० रुपैयाँ २३ पैसा रहेको छ ।
इच्छुक र योग्य बोलपत्रदाताहरूले सार्वजनिक खरिद अनुगमन कार्यालयको आधिकारिक वेबसाइट मार्फत बोलपत्र सम्बन्धी कागजात डाउनलोड गरी अनलाइन आवेदन दिन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण