वीपी स्मृति दिवस
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
बुधबार, ०६ साउन २०८३, १३ : ४४
सारांश
- नेपाली कांग्रेसको संस्थापन इतर समूहको वीपी स्मृति दिवसको कार्यक्रम तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भएको छ ।
- कार्यक्रमको उद्घाटन संयोजक प्रकाशमान सिंह, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालाले संयुक्त रूपमा पानसमा बत्ती बालेर गरेका हुन् ।
- समूहले ‘संवाद, सहमति र एकता – आजको आवश्यकता’ विषयक स्मृति सभा कार्यक्रम गरिरहेको छ ।
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर (निवर्तमान सभापति शेरबहादुर देउवा र डा.शेखर कोइराला) समूहको वीपी स्मृति दिवसको कार्यक्रम तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भएको छ । बुधबार प्रज्ञा प्रतिष्ठानमा गर्ने कार्यक्रमका लागि समूहले पूर्व महामन्त्री प्रकाशमान सिंहको संयोजकत्वमा समिति बनाएको थियो ।
कार्यक्रमको उद्घाटन संयोजक सिंह, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा.शेखर कोइरालाले संयुक्त रूपमा पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन् । उनीहरूले कार्यक्रमको उद्घाटन गरेपछि बिरुवामा पानी पनि हालेका थिए । समूहले ‘संवाद, सहमति र एकता – आजको आवश्यकता’ विषयक स्मृति सभा कार्यक्रम गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण