सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलको शोमा पुगे आमिर, भने – ‘बच्चाहरूले मेरो कुरा सुन्दै सुन्दैनन्’

बुधबार, १२ वैशाख २०८१

मुम्बई । ‘द ग्रेट इन्डियन कपिल शो’ को नयाँ प्रोमो जारी भएको छ । यसपटक शोमा आमिर खान पाहुनाको रूपमा देखिनेछन् ।

आमिर पहिलोपटक कपिल शर्माको शोमा आएका हुन् । कपिलले यसअघि पनि आमिरलाई आफ्नो शोमा ल्याउने सपना भएको बताएका थिए ।

नयाँ एपिसोडको प्रोमोमा कपिलले आमिरलाई स्वागत गरिरहेको देखिएका छन् । कपिलले भन्छन्, ‘तपाईं हाम्रो शोमा आउनुहुन्छ भनेर मैले कहिले पनि सोचेको थिइनँ ।’

त्यसपछि पीकेको लुक्समा देखिएका सुनील ग्रोभरले जवाफ दिन्छन्, ‘होइन–होइन तपाईंले १५ सय रुपैयाँ दिनुभएको भए हामी आउने थियौँ ।’ आमिरले पनि उनको भनाइमा सहमति जनाउँछन् ।

अर्को क्लिपमा आमिरले आफ्नो कुरा छोराछोरीहरूले नसुन्ने सुनाउँछन् । त्यहाँ आफूले लगाएर आएको लुगाको विषयमा पनि घरमा ठुलो बहस भएको उनको भनाई थियो । 

प्रोमोमा कपिलले आमिरसँग उनको फिल्मको कमाइको विषयमा पनि कुराकानी गर्छन् । जसमा आमिरले आफ्ना पछिल्ला दुई फिल्म राम्रोसँग नचलेको बताउँछन् ।

यता, अर्चना पुरनले सिंहले आमिरलाई ‘तिमी अवार्ड शोमा चाहिँ किन जाँदैनौँ ? भनेर सोध्छिन् । जवाफमा आमिर भन्छन्, ‘समयको सही ठाउँमा सदुपयोग गर्नुपर्छ ।’

यो एपिसोड नेटफ्लिक्समा शनिबार प्रशारण हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया