कार्यालय समयमा निजीमा काम गर्ने सरकारी स्वास्थ्यकर्मीलाई कारबाही गरिने
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रालय र अन्तरगतका निकायमा कार्यरत कर्मचारीहरुलाई कार्यालय समयमा निजी संस्थामा काम नगर्न निर्देशन दिएको छ । डाक्टर, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कार्यालय समयमा निजीमा काम गरेको गुनासो आएको भन्दै सो कार्य नगर्न निर्देशन दिएको हो ।
चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले कार्यालय समयमा निजी क्षेत्रका विभिन्न अस्पताल, नर्सिङ होम, क्लिनिक, मेडिकल हलहरूमा बिरामी जाँच गर्ने लगायतका काम गर्ने सूचनाका आधारमा मन्त्रालयको ध्यानाकर्षण भएको सूचनामा उल्लेख छ ।
आगामी दिनहरूमा कुनै पनि चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले यस्ता प्रकारका गतिविधि एवं क्रियाकलाप गरे गराएको पाइएमा नेपाल स्वास्थ्य सेवा ऐन, २०५३, नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ तथा सेवा सञ्चालन सम्बन्धी प्रचलित कानुन बमोजिम कारबाही हुने उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण