कार्यालय समयमा निजीमा काम गर्ने सरकारी स्वास्थ्यकर्मीलाई कारबाही गरिने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रालय र अन्तरगतका निकायमा कार्यरत कर्मचारीहरुलाई कार्यालय समयमा निजी संस्थामा काम नगर्न निर्देशन दिएको छ । डाक्टर, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कार्यालय समयमा निजीमा काम गरेको गुनासो आएको भन्दै सो कार्य नगर्न निर्देशन दिएको हो ।
चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले कार्यालय समयमा निजी क्षेत्रका विभिन्न अस्पताल, नर्सिङ होम, क्लिनिक, मेडिकल हलहरूमा बिरामी जाँच गर्ने लगायतका काम गर्ने सूचनाका आधारमा मन्त्रालयको ध्यानाकर्षण भएको सूचनामा उल्लेख छ ।
आगामी दिनहरूमा कुनै पनि चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले यस्ता प्रकारका गतिविधि एवं क्रियाकलाप गरे गराएको पाइएमा नेपाल स्वास्थ्य सेवा ऐन, २०५३, नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ तथा सेवा सञ्चालन सम्बन्धी प्रचलित कानुन बमोजिम कारबाही हुने उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन देशको मुद्राको मूल्य कति ?
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी