अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
वासिङ्टन । वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बुधबार बताएका छन् ।
युक्रेनका लागि अति आवश्यक सैन्य सहायतालाई अनुमति दिनेसम्बन्धी विधेयकमा बुधबार हस्ताक्षर गरेपछि उनले किएभलाई नयाँ सहयोग पठाउन थाल्ने बताएका हुन् ।
इजरायल र ताइवानका लागि सहयोग र संयुक्त राज्य अमेरिकामा टिकटकमाथि सम्भावित प्रतिबन्ध लगाउने उपायसहित ९५ अर्ब डलरको प्याकेज पारित भएको छ, जुन महिनौँको ढिलाइपछि आएको हो । यसले युक्रेनी सेनालाई गोलाबारुदको अभाव र युद्धभूमिको असफलताको सामना गर्नुपरेको थियो ।
“मैले यसै साता प्रतिनिधि सभा र सिनेटले पारित गरेको राष्ट्रिय सुरक्षा प्याकेजमा हस्ताक्षर गरेको छु”, बाइडनले भने, “यससँगै अबको केही घण्टाभित्रै ढुवानी तत्काल सुरु हुने सुनिश्चित भएको छ ।”
रुसले सन् २०२२ को फेब्रुअरीमा आक्रमण गरेको युक्रेनलाई कसरी आफ्नो रक्षा गर्न सकिन्छ भन्ने विषयमा सांसदहरूबिच महिनौँ लामो तिक्ततापूर्ण बहसपछि मात्र यो सहायता विधेयक प्रतिनिधि सभाबाट पारित भएको हो ।
गत फेब्रुअरीमा सिनेटले यस्तै प्रकारको सहायता प्याकेज पारित गरेको थियो, तर रिपब्लिकन सभामुख माइक जोनसनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका कट्टरपन्थी सहयोगीहरूको आह्वानलाई ध्यान दिँदै बाइडेनसँग आप्रवासन नीतिमा छुटको माग गरेका थिए ।
संयुक्त राज्य अमेरिका युक्रेनको एक प्रमुख सैन्य समर्थक रहेको छ, तर अमेरिकी कङ्ग्रेसले लगभग डेढ वर्षसम्म किएभको लागि ठुलो मात्रामा अनुदान स्वीकृत गरेको थिएन र युद्धको वित्तपोषण नोभेम्बरमा हुने राष्ट्रपति चुनावअघि विवादको विषय बनेको छ ।
मस्कोले पूर्वबाट निरन्तर युक्रेनमाथि दबाब दिइरहेको र आगामी हप्ताहरूमा अग्रपङ्तीमा सेनाको अवस्था खराब हुने अपेक्षा गरिएको समय युक्रेनको सेनाले हतियार र भर्तीको लागि बजेटको गम्भीर अभावको सामना गरिरहेको छ । -(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ अशोक राई नेतृत्वको कार्यसमिति
-
रामकुमार र इन्दुकुमारीलाई माओवादीले जिम्मेवारीबाट हटायो
-
अन्तिम क्षणमा किन रोकियो नेपाल र भारतका सर्वोच्च अदालत बिचको एमओयू ?
-
परीक्षा नियन्त्रक जोशीसहित जिम्मेवार अधिकारीहरूलाई कारबाही गर्न सिफारिस
-
जापानी विदेशमन्त्री योको स्वदेश फिर्ता
-
वनमा आगो लगाएको आरोपमा एक जना पक्राउ