इङ्लिस प्रिमियर लिगमा घरेलु टोली एभर्टनले लिभरपुरलाई हरायो
काठमाडौँ । इङ्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औँ स्थानको एभर्टनसँग पराजित भएको छ । एभर्टनको मैदानमा गएराती भएको खेलमा घरेलु टिमले लिभरपुललाई २–० ले हरायो ।
यो हारका कारण लिभरपुलको उपाधि यात्रामा धक्का लागेको छ । उसले शीर्ष स्थानको आर्सनलसँग अङ्क बराबरी गर्ने मौका गुमाएको छ । यद्यपि ३४ खेलमा ७४ अङ्क भएको लिभरपुल तालिकाको दोस्रो स्थानमा यथावत् छ ।
प्रिमियर लिग तालिकामा आर्सनल ७७ अंकसहित शीर्ष स्थानमा छ भने दुई खेल कम खेलेको म्यान्चेष्टर सिटी ७३ अंकसहित तेस्रो स्थानमा छ । करिब ७७ प्रतिशत बल पोसेसन बनाएको लिभरपुलले गोल भने गर्न सकेन । खेलको २७औँ मिनेटमा जेरार्ड ब्रान्थह्वाइटले गोल गर्दै एभर्टनलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा एक गोलको अग्रता लिएको एभर्टनले ५८औँ मिनेटमा डोमिनिक कल्भर्ट लेविनको गोलमार्फत अग्रता लम्ब्याएको थियो । लिभरपुलले खेलभरी सातवटा सट पोस्टमा प्रहार गरेपनि एभर्टनका गोलकिपरको प्रदर्शन उत्कृष्ट रह्यो । प्रिमियर लिगमा आज म्यान्चेष्टर सिटी र ब्राइटनसँग प्रतिस्पर्धा गर्दै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
सेजमा भाडा नतिर्ने उद्योगलाई अन्तिम चेतावनी, एक साताभित्र बक्यौता नतिरे बिजुली–पानी काटिने
-
इरानमाथि अमेरिकाको लगातार नवौँ रात आक्रमण : कहाँ-कहाँ भयो हमला?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण