आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

इङ्लिस प्रिमियर लिगमा घरेलु टोली एभर्टनले लिभरपुरलाई हरायो

बिहीबार, १३ वैशाख २०८१, ०७ : २३
बिहीबार, १३ वैशाख २०८१

काठमाडौँ । इङ्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औँ स्थानको एभर्टनसँग पराजित भएको छ । एभर्टनको मैदानमा गएराती भएको खेलमा घरेलु टिमले लिभरपुललाई २–० ले हरायो । 

यो हारका कारण लिभरपुलको उपाधि यात्रामा धक्का लागेको छ । उसले शीर्ष स्थानको आर्सनलसँग अङ्क बराबरी गर्ने मौका गुमाएको छ । यद्यपि ३४ खेलमा ७४ अङ्क भएको लिभरपुल तालिकाको दोस्रो स्थानमा यथावत् छ । 

प्रिमियर लिग तालिकामा आर्सनल ७७ अंकसहित शीर्ष स्थानमा छ भने दुई खेल कम खेलेको म्यान्चेष्टर सिटी ७३ अंकसहित तेस्रो स्थानमा छ । करिब ७७ प्रतिशत बल पोसेसन बनाएको लिभरपुलले गोल भने गर्न सकेन । खेलको २७औँ मिनेटमा जेरार्ड ब्रान्थह्वाइटले गोल गर्दै एभर्टनलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक गोलको अग्रता लिएको एभर्टनले ५८औँ मिनेटमा डोमिनिक कल्भर्ट लेविनको गोलमार्फत अग्रता लम्ब्याएको थियो । लिभरपुलले खेलभरी सातवटा सट पोस्टमा प्रहार गरेपनि एभर्टनका गोलकिपरको प्रदर्शन उत्कृष्ट रह्यो । प्रिमियर लिगमा आज म्यान्चेष्टर सिटी र ब्राइटनसँग प्रतिस्पर्धा गर्दै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप