छोरी अरूसँग भागेको भन्दै सडक अवरुद्ध, प्रहरीले चलायो ९ राउण्ड अश्रुग्यास
वीरगन्ज । धनुषामा छोरी अरूसँग भागेको भन्दै सडक अवरुद्ध गर्ने प्रदर्शनकारी र प्रहरीबिच झडप भएको छ ।
धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा छोरी अरूसँग भागेको भन्दै परिवारले सडक अवरुद्ध गरेको थियो । सो सडक खुलाउन गएको प्रहरी र परिवारबिच झडप भएको हो ।
सो क्रममा प्रहरीले ९ राउण्ड अश्रुग्यास प्रहार गरेको धनुषा प्रहरी प्रवक्ता रञ्जन अवाले बताए । उनका अनुसार ७ राउण्ड सशस्त्र प्रहरी र २ राउण्ड नेपाल प्रहरीले अश्रुग्यास चलाएको हो ।
उनका अनुसार छोरी भागेको भन्दै परिवारले बिहीबार बिहानदेखि सडक अवरुद्ध गरेका थिए । उनले भने,‘हामी बिहान गएर पनि पीडित परिवारलाई सम्झाएका थियौँ । तर फेरि पछि उहाँहरूबाट सडक अवरुद्ध भयो । अनि हामी त्यो अवरुद्ध खुलाउन जाँदा उल्टै हामीमाथि ढुंगामुडा प्रहार हुन थाल्यो । त्यसपछि प्रहरीले बल प्रयोग गर्यो ।’
प्रहरी र प्रदर्शनकारीबिच भएको झडपमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका ३ जना घाइते भएका छन् । यस्तै प्रदर्शनकारीले प्रहरीको गाडीमा तोडफोड समेत गरेको धनुषा प्रहरीले जानकारी दिएको छ ।
गाडीमा तोडफोड गर्ने र प्रहरीमाथि ढुंगामुडा चलाउने ५ जना लाई नियन्त्रणमा लिइएको धनुषा प्रहरी प्रवक्ता अवाले जानकारी दिए ।
२ परिवारका २ नाबालक छोरी भागेपछि पीडितहरूले दिएको जाहेरी अनुसार ५ जनाविरुद्ध मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण