आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

छोरी अरूसँग भागेको भन्दै सडक अवरुद्ध,  प्रहरीले चलायो ९ राउण्ड अश्रुग्यास

बिहीबार, १३ वैशाख २०८१, १४ : ४९
बिहीबार, १३ वैशाख २०८१

वीरगन्ज । धनुषामा छोरी अरूसँग भागेको भन्दै सडक अवरुद्ध गर्ने प्रदर्शनकारी र प्रहरीबिच झडप भएको छ । 

धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा छोरी अरूसँग भागेको भन्दै परिवारले सडक अवरुद्ध गरेको थियो । सो सडक खुलाउन गएको प्रहरी र परिवारबिच झडप भएको हो ।

सो क्रममा प्रहरीले ९ राउण्ड अश्रुग्यास प्रहार गरेको धनुषा प्रहरी प्रवक्ता रञ्जन अवाले बताए ।  उनका अनुसार ७ राउण्ड सशस्त्र प्रहरी र २ राउण्ड नेपाल प्रहरीले अश्रुग्यास चलाएको हो ।

उनका अनुसार छोरी भागेको भन्दै परिवारले बिहीबार बिहानदेखि सडक अवरुद्ध गरेका थिए । उनले भने,‘हामी बिहान गएर पनि पीडित परिवारलाई सम्झाएका थियौँ । तर फेरि पछि उहाँहरूबाट सडक अवरुद्ध भयो । अनि हामी त्यो अवरुद्ध खुलाउन जाँदा उल्टै हामीमाथि ढुंगामुडा प्रहार हुन थाल्यो । त्यसपछि प्रहरीले बल प्रयोग गर्‍यो ।’

प्रहरी र प्रदर्शनकारीबिच भएको झडपमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका ३ जना घाइते भएका छन् । यस्तै प्रदर्शनकारीले प्रहरीको गाडीमा तोडफोड समेत गरेको धनुषा प्रहरीले जानकारी दिएको छ ।

गाडीमा तोडफोड गर्ने र प्रहरीमाथि ढुंगामुडा चलाउने ५ जना लाई नियन्त्रणमा लिइएको धनुषा प्रहरी प्रवक्ता अवाले जानकारी दिए ।

२ परिवारका २ नाबालक छोरी भागेपछि पीडितहरूले दिएको जाहेरी अनुसार ५ जनाविरुद्ध मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप