आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’

बिहीबार, १३ वैशाख २०८१, १९ : १९
बिहीबार, १३ वैशाख २०८१

काठमाडौँ । पछिल्लो समय लिम्बू संस्कृति मूलक चलचित्र निर्माणले पुनः लय लिएको छ । एक समय ठप्प जस्तै बनेको लिम्बू चलचित्र निर्माणले अहिले गति लिएको हो । 

चलचित्र निर्माणसँगै प्रदर्शन हुने क्रम पनि बढेको छ । यसैक्रममा लिम्बू संस्कृति र मौलिकतामा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘युक्पुङ’ अर्थात ‘बस्ती’ वैशाख २९ गते कमलपोखरीस्थित बिगमुभिजमा विशेष प्रदर्शनी हुँदैछ । 

चलचित्र काठमाडौँ भन्दा अगाडि हङ्कङमा मे १ तारिख अर्थात वैशाख १९ गते प्रदर्शन हुने भएको छ । 

मोफसल धरान, झापा, मोरङलगायतका पूर्वका मुख्य सहरहरूमा प्रदर्शन भइसकेको यो चलचित्र काठमाडौँ र विदेशमा प्रदर्शन गर्न लागिएको हो । पूर्वका दर्शकले ‘युक्पुङ’ रुचाएका छन् ।

नोगेन अग्र्यानिक इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्र ‘युक्पुङ’लाई  दिनेश माङ्मुले निर्देशन गरेका हुन् । निर्देशक माङ्मुका अनुसार चलचित्र ‘थुक्पुङ’ एउटा बस्तीको कथा हो ।

सहरबाट अध्यापनका लागि गाउँ पुगेका एक शिक्षक, जो मातृभाषा र पालाम बुझ्दैनन् । तिनै शिक्षित युवा र गाउँ बस्तीमा हुर्केकी अनपढ तर मातृभाषा र मौलिक संस्कृति प्रति जागरूक युवती बिचको प्रेम र संघर्षलाई ‘युक्पुङ’मा कथानक रूपमा प्रस्तुत गरिएको छ । 

विष्णु मोक्तान र मदन वनेमको पटकथा रहेको यस चलचित्रमा यासेली योङहाङ, कबिता आले, कुसलथलङ, सेसेमा सेन्दाङ ‘कमला’, मदनवनेम, डीबी लिम्बू, तेज आङदेम्बे, बिनु तुम्बाहाङफे, पुष्पावनेम, प्रेम ओझा, कुमार ढकाल, सागर केरुङ, नुनाम केरुङ, मिराकवनेम, सुलभ नेम्बाङ, हिमाललिम्बू, देउमानपालुङवा, टीआर सेनेहाङ, रबि किरण मादेन लगायतले अभिनय छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप