इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
शुक्रबार, १४ वैशाख २०८१, २० : १४
नयाँ दिल्ली । मेसेजिङ प्लेटफर्म ह्वाट्सएपले म्यासेज इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्न सक्ने बताएको छ । इन्क्रिप्सन मार्फत पठाइएको सन्देश प्रेषक र प्राप्तकले मात्र पढ्न सक्छन् ।
दिल्लीको एक अदालतमा ह्वाट्सएपका वकिलले भने कि एन्ड–टु–एन्ड ईन्क्रिप्शनले प्रयोगकर्ताको गोपनीयता सुरक्षित गर्दछ । भारत सरकारले मेसेजिङ एपमा भइरहेको च्याट ट्रेस गर्ने र म्यासेज पठाउने व्यक्तिको पहिचान गर्ने सुविधा उपलब्ध गराउन कम्पनीसँग माग गरेको थियो ।
सामाजिक सञ्जालमा झुटा समाचार र भड्काऊ सामग्रीका कारण समाजमा अस्थिरता र हिंसा फैलाउने प्रयास भइरहेको सरकारको भनाई छ । त्यसैले कम्पनीलाई सन्देश इन्क्रिप्सन जारी गर्न भनिएको थियो । भारतमा ह्वाट्सएपका ५० करोड प्रयोगकर्ता छन् । भारत ह्वाट्सएपको सबैभन्दा ठुलो बजार हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादकै बिच शिक्षक महासङ्घको नेतृत्व चयन, अध्यक्षमा सुवेदी
-
नारीवादी विदेश नीतिबारे बहस
-
नर्वेका राजदूत र उपराष्ट्रपति यादवबिच भेटवार्ता
-
मन्त्रिपरिषद्को निर्णय : एरिकादेखि क्रिकेट टोलीसम्मले कति पाउँछन् रकम ?
-
चौधरी ग्रुपले गर्यो भारतको ताज ग्रुपसँग साझेदारी, ‘एक्यम’ नामको संयुक्त भेन्चरको सुरुवात
-
सदस्य सचिव घिसिङ र एन्टी डोपिङ प्रतिनिधिबिच भेट