मटिहानी आगलागी : मुख्यमन्त्री यादवद्वारा छिट्टै राहत प्याकेज ल्याउने प्रतिवद्धता
महेन्द्रनगर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले महोत्तरीको मठिहानी नगरपालिका–६ जरलहवागाछीस्थित आगलागीपीडितका लागि तत्काल राहत प्याकेज घोषणा गर्ने बताएका छन् ।
मुख्यमन्त्री यादवले शनिबार आगलागी प्रभावित क्षेत्रको निरीक्षण गर्दै जिल्ला विपद् व्यवस्थापन समितिलाई क्षतिको एकीन विवरण पठाउन निर्देशन दिइसकिएकाले विवरण प्राप्त भएलगत्तै प्रदेश सरकारले राहत प्याकेज घोषणा गर्ने बताए ।
पीडित परिवारसँग कुरा गर्दै मुख्यमन्त्री यादवले हाल जिल्लास्थित विपद् व्यवस्थापन समितिको समन्वयमा तत्कालका लागि राहत वितरणका काम भइरहेका र क्षतिको विवरण आएपछि प्रदेश सरकारले छुट्टै राहत प्याकेज ल्याएर पीडितको पीडामा मलहम लगाउने कामगर्ने प्रतिवद्धता व्यक्त गरे ।
यही वैशाख १२ गते मटिहानी नगरपालिका–६ मा भएको आगलागीबाट एक सयभन्दा बढी घर जलेको थिए भने ६० भन्दा बढी घरमा क्षति पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न
-
बडीमालिकामा छाउपडी गोठ मुक्तघोषणा
-
विपदजन्य घटनामा वैशाख यता १२७ को मृत्यु, ७७३ घाइते
-
एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ
-
अर्जेन्टिना भर्सेस केप भर्डे : मेस्सीको जादुले तोड्ला भोजिन्हाको रक्षात्मक पर्खाल ?
-
पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट विश्वकपको अन्तिम १६ मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण