केन्द्रसहित सबै प्रदेशमा एमालेले नेतृत्व गर्ने मिसनमा छौँ : योगेश भट्टराई
जनकपुर । नेकपा (एमाले)का सचिव एवं मधेस प्रदेशका इन्चार्ज योगेश भट्टराईले सबैको सुदृढ एकताबाट देशलाई गरिबी, अशिक्षा र पछौटेपनबाट मुक्त गराउनुपर्ने बताएका छन् ।
नेकपा (एमाले) धनुषाको क्षेत्र नम्बर २ (क) मुडिवा टोलमा भएको पार्टी प्रवेश तथा वृहत सभालाई सम्बोधन गर्दै भट्टराईले खाडीको पसिना बगाउने नौजवानहरूलाई स्वदेशमै पसिना बगाउने व्यवस्था मिलाउनुपर्ने बताए ।
‘देशभित्रै श्रम गर्ने, आत्मसम्मानका साथ नेपाली हुँ भनेर गर्व गर्ने अभियानमा हामी सबै एकताबद्ध भएर लाग्नुपर्ने छ,’ भट्टराईले भने भने, ‘अहिले पनि नेकपा (एमाले) सरकारमा त छ । तर, हामीले सरकारको नेतृत्व गर्न पाएका छैनौँ । मधेसको सरकारमा हामी छौँ । तर, मुख्यमन्त्री हामीसँग छैन । त्यसैले हामीले जनताले चाहेको जस्तो काम गर्न पाएका छैनौँ । ०८४ मा निर्वाचन हुँदैछ । अब नेकपा (एमाले)को एउटै सङ्कल्प छ । यो देशको प्रधानमन्त्री नेकपा (एमाले)को हुनेछ । मधेसको मुख्यमन्त्री नेकपा (एमाले)को हुनेछ । हामीले त्यो सन्देश गाउँ गाउँमा लैजानु पर्ने छ ।’
भट्टराईले विविधतायुक्त देशमा सबै मिलेर अघि बढ्नुपर्नेमा पनि जोड दिए । ‘म जुन जिल्लामा जन्मिएको हुँ त्यहाँ अहिले पनि हिउँ परिरहेको छ । अहिले म जहाँ बोल्दै छु । यो ठाउँमा असाध्यै गर्मी छ । नेपालको विशेषता नै यही हो । नेपाल हिमाल, पहाड र तराईको देश हो,’ उनले भने, ‘मैले संसदमा प्रतिनिधित्व गरेको जिल्ला ताप्लेजुङका दिदीबहिनी, दाजुभाइ, आमाबुबाहरूले अहिले पनि बाक्लो पोसाक लगाइरहनु भएको छ । यहाँ पातलो पोसाकले पनि गर्मी भइरहेको छ । नेपालको विशेषता नै यही हो ।’
गरिबी, अशिक्षा, पछौटेपनबाट देशलाई मुक्त गर्दै शिक्षा, स्वास्थ्य, रोजगारीका अवसर सिर्जना गर्ने एमालेको उद्देश्य रहेको भट्टराईको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन चिनियाँ राजदूतका चार प्रस्ताव
-
‘विकासको अन्तिम मापन नागरिकको जीवनस्तरमा आउने सुधारले मात्र हुन्छ’
-
शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
-
सीपीसी र रास्वपाको विचारधारा फरक भए पनि मूल लक्ष्य जनहित र राष्ट्रिय प्रगति नै हो : महामन्त्री आचार्य
-
‘नेपाललाई भू-जडित मुलुक बनाउन बीआरआई आयोजनालाई तीव्र पार्नुपर्छ’
-
विकास बाहिरबाट आयात गर्ने विषय होइन, नेपालको आफ्नै मोडल चाहिन्छ : शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण