खप्तडमा वैशाख २१ देखि साइकलयात्रा गरिँदै
कैलाली । सुदूरपश्चिम प्रदेशको धार्मिक तथा ऐतिहासिक पर्यटकीय गन्तव्यका रूपमा परिचित खप्तडमा साइकल यात्रा गरिने भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालय धनगढीका अनुसार खप्तड क्षेत्रको पर्यटन प्रवर्द्धन तथा प्रचारप्रसारका लागि साइकल यात्रा गरिने भएको हो ।
खप्तड क्षेत्रमा साइकल यात्राका लागि आवश्यक तयारी पूरा भएको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयका योजना अधिकृत दानबहादुर थापाले जानकारी दिए । यही वैशाख २१ देखि २८ गतेसम्म साइकलयात्रा गर्ने गरी तयारी भएको उनले जानकारी दिए । खप्तडको पर्यटन प्रवर्द्धन तथा प्रचारप्रसार गर्न साइकल यात्राका लागि चालु आर्थिक वर्ष २०८०/८१ मा रु १० लाख बजेट विनियोजन गरिएको योजना अधिकृत थापाले बताए ।
सो साइकलयात्रा डडेल्धुराबाट खप्तडको त्रिवेणी धामसम्म गरिने प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयले जनाएको छ । साइकल यात्राका लागि परामर्शदातासँग छलफलसमेत गरी तयारी अघि बढेको थापाको भनाइ छ । यसैगरी प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ मा पर्यटकलाई लक्षित गर्दै खप्तडमा बीचपानी–त्रिवेणी धामसम्म ४.५ किलोमिटर पदमार्ग निर्माण गर्न अनुमानित रु ९९ लाख ९९ हजार ६७५ बजेट विनियोजन गरिएको एकाइ कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशमा मन्त्री बनाउने दौड
-
उद्योगी व्यवसायीको हितका लागि नीतिगत सुधारको अभियानमा छु : मन्त्री भण्डारी
-
सत्तारुढ गठबन्धन र कांग्रेसबिच संसदीय छानबिन समिति गठन गर्ने सहमति
-
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
-
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
-
तलब बढाउन नेपाल राष्ट्रिय कर्मचारी संगठनको माग