बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

बझाङ उपनिर्वाचनको नतिजा : कसको कति मत ?

निर्वाचित भण्डारीले ११ हजार ६१३ मत पाउँदा उम्मेदवार कमलले पाए मात्र २ भोट
सोमबार, १७ वैशाख २०८१, १४ : १०
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । शनिबार सम्पन्न उपनिर्वाचन अन्तर्गत बझाङ प्रदेशसभा १ मा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी ११ हजार ६१३ मतका साथ विजयी भएका छन् । निर्वाचन आयोगले मतगणनाको अन्तिम नतिजा सार्वजनिक गर्दै उनी निर्वाचित भएको घोषणा गरेको हो । 

यसैगरी नेपाली कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंह ११ हजार ३४६ मतका साथ पराजित बने । उनीहरुबिचको मतान्तर २६६ रहेको छ ।  नतिजाअनुसार पराजित अन्य उम्मेदवारहरु नेकपा माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ८३१ मत पाउँदा नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २ हजार ५१४ मत पाए । 

यसैगरी राप्रपाका किशोरकुमार खड्काले २४२, जसपाका रामबहादुर जाग्रीले ४४ मत पाउँदा जनमत पार्टीका सुशीलदेवी विष्टले २६ मत पाएको आयोगले जनाएको छ ।  यस्तै नेमकिपाका खचेन्द्र बहादुर शाहीले २४ मत पाउँदा अन्य उम्मेदवारहरु गजेन्द्र बहादुर थापाले ३५, दीपकबहादुर खड्काले २८ र कमलबहादुर घर्ती मगरले २ मत पाए । निर्वाचनमा नेशनल रिपब्लिक नेपालका उम्मेदवार घर्तीमगरले २ मतमात्रै पाएको आयोगले जनाएको छ ।

bajhang-mat

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप