बझाङ उपनिर्वाचनको नतिजा : कसको कति मत ?
काठमाडौँ । शनिबार सम्पन्न उपनिर्वाचन अन्तर्गत बझाङ प्रदेशसभा १ मा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी ११ हजार ६१३ मतका साथ विजयी भएका छन् । निर्वाचन आयोगले मतगणनाको अन्तिम नतिजा सार्वजनिक गर्दै उनी निर्वाचित भएको घोषणा गरेको हो ।
यसैगरी नेपाली कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंह ११ हजार ३४६ मतका साथ पराजित बने । उनीहरुबिचको मतान्तर २६६ रहेको छ । नतिजाअनुसार पराजित अन्य उम्मेदवारहरु नेकपा माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ८३१ मत पाउँदा नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २ हजार ५१४ मत पाए ।
यसैगरी राप्रपाका किशोरकुमार खड्काले २४२, जसपाका रामबहादुर जाग्रीले ४४ मत पाउँदा जनमत पार्टीका सुशीलदेवी विष्टले २६ मत पाएको आयोगले जनाएको छ । यस्तै नेमकिपाका खचेन्द्र बहादुर शाहीले २४ मत पाउँदा अन्य उम्मेदवारहरु गजेन्द्र बहादुर थापाले ३५, दीपकबहादुर खड्काले २८ र कमलबहादुर घर्ती मगरले २ मत पाए । निर्वाचनमा नेशनल रिपब्लिक नेपालका उम्मेदवार घर्तीमगरले २ मतमात्रै पाएको आयोगले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण