बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

बझाङ उपनिर्वाचनमा एकीकृत समाजवादीको जमानत जफत

सोमबार, १७ वैशाख २०८१, १४ : २५
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । बझाङ प्रदेशसभा १ मा सम्पन्न उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीको जमानत जफत भएको छ । एकीकृत समाजवादीबाट उम्मेदवार बनेका दिल बहादुर सिंहले सदर मतको १० प्रतिशतभन्दा कम मत पाएपछि जमानत जफत भएको हो । 

निर्वाचन आयोगका अनुसार कुल सदर मत २९ हजार ७०५ मध्ये २ हजार ५१४ मत मात्रै पाए । उनले जमानत जोगाउनका लागि २ हजार ९७१ मत ल्याउनुपर्ने हुन्थ्यो । 

निर्वाचनमा पराजित नेकपा माओवादी केन्द्रका उम्मेदवार जनक बहादुर बुढाले भने जमानत जोगाउन सफल भएका छन्।   उपनिर्वाचनमा एमालेका उम्मेदवार दमन भण्डारी निर्वाचित भएका छन् ।

जमानत जफत भए के हुन्छ ?

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा भनिएको छ, ‘निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ।’   तर निर्वाचित उम्मेदवारको हकमा भने यो कुरा लागू नहुने ऐनमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप