श्रम शक्तिको विकासबाट नै समृद्ध सम्भव छ : मुख्यमन्त्री कँडेल
सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले श्रम शक्तिको विकासबाट नै समृद्ध नेपाल निर्माण सम्भव छ भन्ने मान्यताका साथ अघि बढ्न कर्णाली प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
१३५ औँ विश्व मजदुर-अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै कँडेलले प्रदेश सरकार श्रमिक वर्गहरूको पक्षमा रहेको बताएका हुन् ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा श्रमिक वर्गको उच्च योगदान रहेको कँडेलको भनाइ छ । कँडेलले सबै नेपाली श्रमिक तथा मजदुरहरूले आफ्नो हकाधिकारको पूर्ण, जीवनोपयोगी र सार्थक रूपमा प्रयोग गर्न सक्नुपर्ने बताए ।
‘आफ्नो पसिना बगाएर, श्रम गरेर मिहिनेतको कमाइ खाने सम्पूर्ण श्रमिकहरूलाई यस दिवसले आफ्नो हक, अधिकार र स्वतन्त्रतालाई सामूहिक रूपमा बुलन्द गरी विश्वभरिका श्रमिकहरूलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्ने विश्वास मैले गरेको छु,’उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेक रिपब्लिकलाई पहिलो हाफमा १–० को अग्रता
-
राष्ट्रिय परिचयपत्र आफैँले डाउनलोड गर्न सकिने
-
कङ्गोमा ८०८ जनामा इबोलाको सङ्क्रमण पुष्टि, मृत्यु हुनेको सङ्ख्या १९२ पुग्यो
-
मस्कोको तेल प्रशोधन केन्द्रमा एक सातापछि अर्को आक्रमण
-
इङ्ग्ल्यान्डको विश्वकप नकआउट चरण लगभग पक्का !
-
प्रतिनिधि सभाबाट पारित भयो विनियोजन विधेयक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण